आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

अमेरिकाको मिजौरीमा दुर्घटना : एकै परिवारका तीन नेपालीको मृत्यु

परदेशी खबर १९ भाद्र २०७६, बिहीबार १०:५८ मा प्रकाशित ( ४ साल अघि) १४४ पाठक संख्या

अमेरिका : अमेरिकाको मिजौरी राज्यमा भएको सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा मिजौरी राज्यको स्थानिय ब्ल्यू स्प्रिङमा बस्ने तीन नेपालीको मृत्यु भएको छ भने चार बर्षिय बालक र सवारी चालक घाइते छन्।

मृत्यु हुनेमा श्रद्धा ओझा खनाल, उनका बुवा गोविन्द खनाल र उनकी आमा शान्ता खनाल रहेको स्थानLय प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा गोविन्द खनालको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुईको उपचारका लागि अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो।

प्रहरीका अनुसार घाइते बालक र सवारी चालक प्रभास ओझाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बालकको अवस्था चिन्ताजनक छ। प्रहरीले दुर्घटना मंगलबार २ बजेर ५५ मिनेटमा पूर्वी ४४ नामको हाइवेमा भएको जनाएको छ। सवारी चालक प्रभास मृतक श्रद्धा खनालका पति थिए।

प्रहरीले बुधवार जारी गरेको सूचना भनिएको छ, ‘घाइते रहेका प्रभासले सवारी जाममा जब गाडी रोक्ने प्रयास गरे, पछाडीबाट टोयोटा पिकअप ट्रकले ठक्कर दियो।’ प्रभासले टोयोटा र्‍याप फोर नामको गाडी चलाएका थिए। प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ।

मृतक श्रद्धा खनालको परिवार सन् २०१२ मा डिभी लोटरी मार्फत अमेरिका आएको थियो। श्रद्धाका बुवा आमा भने तीन महिना पहिले मात्रै अमेरिका आइपुगेका थिए।

मृतक श्रद्धा ओझा खनाल बिराटनगर निवासी हुन्। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छ्न ।