आउदो सेप्टेम्बर २० मा रबि ओड र चक्र बमले कुवेतमा धमाका मच्चाउने


नैनकला राई / सेप्टेम्बर ५ , कुवेत। सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो वार्षिक उत्सव तथा अधिवेशनको अवसरमा आउदो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेत स्थित ब्वाइज स्काउट एसोसिएसन हल, हवालीमा नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमको साथ् बृहत सांगीतिक धमाका २०१९ कार्यक्रमको आयोजना गर्ने भएको छ।

‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’ भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्थाले विभिन्न सामाजिक कार्यमा क्रियाशील रहदै आएको र यस २० सेप्टेम्बर २०१९ मा हुने भनिएको यो बृहत साँस्कृतिक कार्यक्रमबाट भएको आम्दानीलाई सुदुरपश्चिमेली नेपाली समाज कुवेतले सामाजिक सेवाका कार्यहरुमा नै खर्च गरिने संस्थाका अध्यक्ष अमर खड्काले जानकारी दिएका छन्।

उक्त दिन यस ऐतिहासिक साँस्कृतिक धमाकाम आफ्नो गरिमामय उपस्थिति जनाई कार्यक्रम भव्यरुपमा सफल बनाउन कुवेतमा क्रियाशील सम्पूर्ण संघ, संस्थाका पदाधिकारी, बुद्धिजीवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आयोजकले अपिल गर्दै उक्त दिन संघ संस्थाहरुलाई कार्यक्रम नजुधाई दिनुहुन पनि आग्रह गरेको छ l

कार्यक्रमको विवरण

कार्यक्रमः दोस्रो बार्षिकोत्सव तथा अधिवेसन साथमा बृहत सांस्कृतिक धमाका
स्थानः ब्वाइज स्काउट एसोसिएसन हल, हवाली, कुवेत
समयः बिहान ११ बजेबाट
आयोजकः सुदुरपश्चिमेली नेपाली समाज, कुवेत






Related Posts
  • जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै
  • ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग
  • सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक
  • राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै

    ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस