अफगानिस्तानमा अमेरिकी दूतावास नजिकै तालिबानी आक्रमण, १० जना मारिए, दर्जनौं घाइते

काबुलl अमेरिका र तालिबानी समूहबीच सहमतिको तयारी भइरहँदा तालिबानी समूहले अफगानिस्तानमा फेरि अर्को हमला गरेको छ ।

जहाँ १० जना मारिएका छन् । बिहीबार बिहान मात्रै तालिबानी समूहले अमेरिकी राजदूतावास नजिकै गरेको बम हमलामा १० जनाको ज्यान जानुका साथै ४० जना घाइते भए ।

अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने तयारी गरिरहँदा तालिबानी समूहले एक साताको अन्तरमै दुई शक्तिशाली हमला गरिसकेको छ । यहाँका अधिकारीहरुका अनुसार काबुलस्थित अमेरिकी दूतावास नजिकै कार बम आक्रमण गरिएको थियो ।

घाइतेहरुलाई अहिले नजिकैका अस्पतालमा लगिएको छ । तालिबानीले उक्त हमला विदेशी प्रतिनिधिहरुलाई लक्षित गरिएको जनाएका छन् । अमेरिकी प्रतिनिधिसँग तालिबानको चरणवद्ध वार्ता भइसकेको छ । अमेरिकी राजदूतले नै यही साता आफ्ना सेना फिर्ता लैजाने भन्दै सहमतिको विवरण नै सार्वजनिक गरेका थिए ।साभार : अन्नपुर्ण पोष्टबाट






Related Posts
  • जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै
  • ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग
  • सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक
  • राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै

    ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस