कास्की आदर्श सेवा समाज युएईको तीज कार्यक्रम संगसंगै महिला समिती गठन

कास्की आदर्श सेवा समाज युएईको आयोजनामा नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज शुभकामना आदानप्रदान कार्यक्रम तथा प्रवास युएईमा कार्यरत कास्कीली महिलाहरूको भेला सम्पन्न भएको छ ।

युएईको दुवई स्थित मुश्रिफ पार्कमा गत ३० अगस्ट २०१९ शुक्रबार कास्की आदर्श सेवा समाज युएईका अध्यक्ष केदार कुंवरको सभापतित्वमा,प्रमुख अतिथीमा नेपाली समाज युएर्इका भुपु केन्द्रिय सदस्य एवं कास्की आदर्श सेवा समाज युएईका संस्थापक संरक्षक गुप्तशेखर पौडेल,अतिथीमा कास्की आदर्श सेवा समाज युएईका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार संयोजक मनोज कुमार सैंजु, समाजका संस्थापक सदस्य एवं सल्लाहकार तथा तमु प्ये ल्हु संघका भुपु अध्यक्ष ओम गुरूङ, समाजका आजिवन सदस्य तथा तमु प्ये ल्हु संघ युएईका अध्यक्ष भिम गुरुङ ,समाजका आजिवन सदस्य एवं पंचासे लगानी कोष युएईका संयोजक बुद्धि बहादुर रानाभाट र एनआरएन युएईका केन्द्रिय सदस्य कमल खान रहेको थियो ।


कार्यक्रम नेपाली राष्ट्रिय गानाको साथ संयुक्तरूपमा उद्घाटन भएको थियो भने कार्यक्रममा समाजका केन्द्रिय समिती, क्षेत्रिय समितीका पदाधिकारीहरू,आजिवन सदस्यहरू, साधारण सदस्यहरू, खेलाडीहरू एवं युएई कार्यरत कास्कीली तथा गैर कास्कीली चेलिहरूको बाक्लो उपस्थिती रहेको थियो।
कार्यक्रम संचालन समाजका महासचिव विकास अधिकारीले गरेका थियो भने समाजका केन्द्रिय सदस्य शोभा शर्माले स्वागत तथा शुभकामना मन्तव्य राख्दै हामी चेलिहरूलाई प्रवासको व्यस्तताका बाबजुद पनि कास्की समाजका दाजुभाइहरूले निमन्त्रणा गरि माइतीको न्यानो ममता प्रदान गरि स्वदेशमा नै माइतीको आगनीमा भएको आभाष दिलाएको भन्दै सबैमा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा समाजको स्थापनाकाल देखि अहोरात्र खटि समाजलाई दिएको योगदानको मुल्याङ्कन गर्दै समाजका आजीवन सदस्य निर्मला थापा जि.शी. लाई प्रशंसा -पत्रले सम्मान गरेको थियो भने युएईमा भएका फुटबल प्रतियोगिताहरूमा समाजको फुटबल टिम बाट प्रतिनिधित्व गर्दै समाजको नाम उच्च राख्ने फुटबल खेलाडीहरूलाई प्रशंसा-पत्र तथा खादाले सम्मान गरेको थियो । युएईको चार बर्षे कार्यकाल समाप्त गर्दै स्वदेश फिर्ता हुन लागेका आइएमई मध्यपुर्व प्रमुख एवं समाजका आजिवन सदस्य सरोज बस्नेत लाई समाजलाई दिएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मानपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरि बिदाइ गरेको थियो भने भर्खरै सम्पन्न एनआरएन युएईको राष्ट्रिय समन्वय परिषद्को निर्वाचन बाट समाजका केन्द्रिय सदस्य विकास शाही कोषाध्यक्षमा तथा शोभा शर्मा महिला संयोजक पदमा निर्वाचित भएको भन्दै सफल कार्यकालका लागी शुभकामनाका साथ बधाई ज्ञापन गर्दै खादा ओढाएर सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा युएईमा कार्यरत समाजमा आबद्द कास्कीली चेलीहरूको भेलाबाट समाजको मुल बिधान अन्तर्गतको महिला उपसमिती मनु गरूङ श्रेष्ठको अध्यक्षतामा गठन भएको छ । उपाध्यक्षमा निर्मला थापा जि.शी.,सचिवमा देवि गुरूङ, कोषाध्यक्षमा केशमाया पुर्जा र सदस्यहरूमा गौमाया तामाङ,विष्णु माया पौडेल र कासरी गुरूङ निर्विरोध चयन भएको छ। नवगठित महिला उपसमितीका पदाधिकारीहरूलाई ओहोदाको प्रमाण-पत्र प्रदान सहित समाजका अध्यक्ष केदार कुँवरले पद तथा गोपिनियता सपथ ग्रहण गराउँदै बधाईको साथ सफल कार्यकालको शुभकामना दिएका थिए।


शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथी समाजका संस्थापक अध्यक्ष एवं संरक्षक गुप्तशेखर पौडेलले कार्यक्रममा उपस्थित सम्पुर्णमा तीजको शुभकामना दिएका थिए ।
कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष केदार कुँवरले आफ्नो व्यस्तताको बाबजुद पनि माइतिको निम्तोलाई सहर्ष स्विकार्दै उपस्थित सम्पुर्ण कस्केली दिदीबहिनीहरूलाई स्वागत गर्दै, सँस्कृति जोगाउनका लागी जहाँ जसरी रहेपनि तडक भडक नगरी परम्परागत शैलिमा नै सँस्कृतिको संरक्षणका लागी सबै लाग्नु पर्ने बताउदै नव गठित महिला उपसमिती मार्फत् संस्थामा समाहित हुन अपिल गर्दै समाजको हर कार्यक्रममा तल्लीन रहि यस दर खाने कार्यक्रम सफल तुल्याउनका लागि व्यावस्थापनमा खटिनु भएका केन्द्रिय तथा क्षेत्रिय पदाधिकारीहरू, सदस्यहरू एवं समस्त महानुभावहरू तथा उपस्थित सबैलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै हिन्दु नारीहरूको महान पर्व हरितालिका तिजको शुभकामना व्यक्त गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरेको थियो।






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस