आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

आगामी सेप्टेम्बर ५ तारिकमा हुने विश्वकप फुटबलको छनौट खेल हेर्नको लागि प्रवेश शुल्क निर्धारण

परदेशी खबर १७ भाद्र २०७६, मंगलवार ११:५२ मा प्रकाशित ( ४ साल अघि) २६७ पाठक संख्या

परदेशी खबर / सेप्टेम्बर ३, कुवेतl  आगामी सेप्टेम्बर ५ तारिकको दिन विश्वकप फुटबल २०२२ को छनौट खेलको लागि नेपालले कुवेतसंग खेलिने खेल कुवेतको कैफान स्थित स्पोर्टिङ क्लवमा साँझ ७:४५ बजे हुने खेल हेर्नको लागि प्रवेश शुल्क श्रेणिको हिसावले १,२, र ३ केडीको टिकट मूल्य तोकिएको छ l

उक्त खेलको लागि कसैले १ दिनारवाला कसैले २ दिनार र कसैले ३ दिनारको टिकट लिएर प्रवेश गर्दा नेपालीहरु एकीकृत नभएर छरपस्ट हुनेहुदा एनआरएनए कुवेतले खेलप्रेमी सम्पूर्णलाई एकै दर २ दिनारको टिकट लिएमा एकै ठाउमा समुहगत भएर बस्न सकिने भएकोले सबैले २ केडीको टिकेट लिइ एकै साइडमा बसेर समर्थन गर्नुहुन एनआरएन कुवेतले अनुरोध गरेको छ।

नेपालले विश्वकप छनौट खेल अन्तर्गत कुवेत, जोर्डन, ताइवान लगायतका मुलुकसँग फुटबल खेल खेल्नेछ र छनोट चरणमा विजयी भएमा सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

यसै छनोट खेलसँग सम्बन्धित रहेर गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतले देशको स्वभिमान र गौरव संग जोडिएको नेपाली फुटबल खेलाडीहरुलाई मैदानमा हौसला प्रदान गर्नको लागी धेरै भन्दा धेरै नेपालीहरुलाइ उपस्थित गराउने उदेश्यले खेल हेर्न जाने नेपाली दर्शकहरूको सुविधालाइ ध्यानमा राखी मालियाबाट खेल मैदान सम्मको लागि यातायातको ब्यवस्था गर्ने भएको छl

साथै उक्त खेल कुवेतको पनि राष्ट्रिय स्तरको खेल भएकोले कुवेत सरकारले उच्च सुरक्षा रणनिती अपनाएको हुँदा, खेल मैदानमा जादा मादकपदार्थ सेवन गरेर वा लिएर नजानुहुन सावधानी गराएको छ साथै कसैले पनि उश्रृङखल र आवान्छित कृयाकलाप नगरिदिनुहुन र समर्थन गर्दा सभ्य भएर सभ्य शैली र शब्दहरुमा समर्थन गरेर नेपालि खेलाडीहरुलाई हौसला दिनुहुन हार्दिकताका साथ अनुरोध गरेको छ। यस खेलले नेपालको राष्ट्रियता समेत झल्काउने हुँदा नेपाली पहिचान राख्न सबैको कर्तव्य सोंची कर्तव्यबोध गर्नहुन र सबै दर्शक यस कर्तव्य प्रती जिम्मेवार रहन NRNA कुवेत हार्दिक अनुरोध गर्दछ।

मालिया सम्म जनाको लागि निम्न स्थानबाट निम्न  बस नम्बरहरु भएको बसमा चढ्न सकिने छ l