आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

लमजुङ समाज युएईको आयोजनामा दुबईमा तीज भव्यताकासाथ मनाए

परदेशी खबर १५ भाद्र २०७६, आईतवार १६:४० मा प्रकाशित ( ४ साल अघि) ३४० पाठक संख्या

परदेशी खबर / सेप्टेम्बर १, युएईl लमजुङ समाज युएईले बिगतका बर्षहरु झैँ यो बर्ष पनि ३० अगस्ट २०१९ शुक्रबार नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर युएईमा रहेका नेपाली चेलिहरुलाई लक्षित गरि दर (भोज) खुवाउनुको साथै पछ्याउरा (क्रमु) ओढाएर सम्मान गर्दै युएई स्थित बर दुबईको सिल्भर स्पून रेष्टुरेन्टमा भव्यरुपमा तीज मनाएको छ।

कार्यक्रम लमजुङ समाज युएईका अध्यक्ष महेश पराजुलीको सभापतित्वमा, प्रमुख अतिथिमा अनिता गौलि र बिशेष अतिथिमा मिन कुमारी गुरुङ रहेको थियो। कार्यक्रम भव्यरुपमा सम्पन्न गराउनको लागी संयोजक बिष्णु थापा रहेको थियो भने कार्यक्रम सञ्चालन समाजका केन्द्रीय महासचिब शिब जंग गुरुङले गरेका थिए ।

आबुधाबी क्षेत्रीय समितिबाट क्षेत्रीय प्रमुख आइता गुरुङ र क्षेत्रीय अध्यक्ष कर्म राज तामाङको नेतृत्वामा पाहुनाहरुको उपस्थिति रहेको थियो भने दुबईबाट पनि कार्यक्रममा सयौंको उपस्थितिका साथ हल खचाखच भरिएको थियो ।

कार्यक्रममा केन्द्रिय संस्कृतिक बिभाग प्रमुख दिपक गुरुङको नेतृत्वमा जमुना गुरुङ ,सानु गुरुङ र गौरी गुरुङले सेल रोटी, आचार,फलफूलको व्यवस्था गरेको थियो भने समाजका केन्द्रीय कोषाध्यक्ष अनिता गौली र सदस्य सपना टु क्लेप्री गुरुङको तर्फबाट खीरको ब्यबस्था गरेका थिए।