आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेपाली राष्ट्रिय फुटबल टिमलाइ कुवेतमा भब्य स्वागत

परदेशी खबर १५ भाद्र २०७६, आईतवार १३:०२ मा प्रकाशित ( ४ साल अघि) २७२ पाठक संख्या

परदेशी खबर र सेप्टेम्बर १, कुवेत l सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल छनोट चरणको खेलको लागि नेपालको राष्ट्रिय फुटबल टिम र पदाधिकारी सहित ३५ जनाको टोलि कुवेत आइपुगेका छन् l

नेपाली राष्ट्रिय फुटबल टोली फ्लाइ दुबइको उडानबाट आज कुवेतको सुभान स्थित सेख साद विमानस्थल टर्मिनल ३ मा कुवेत अवतरण भएका टोलीलाई नेपाली दुतावास कुवेत, आइसीसी

सदस्य, एनआरएनए कुवेत लगाएत कुवेतमा कृयाशिल संघ-सँस्था, समाजसेवी, वुद्धिजीवि, पत्रकार, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत नेपाली खेल प्रेमीहरुले राष्ट्रिय खेलाडीहरूको टोलीलाइ पुष्पगुच्चा र खादाले भब्य स्वागत गरिएको थियो l

नेपाली टिमले आगामी सेप्टेम्बर ५ तारिकको दिन विश्वकप फुटबल २०२२ को छनौट पहिलो खेल कुवेतको कैफान स्थित स्पोर्टिङ क्लवमा साँझ ७ः४५ बजे कुवेतसँग खेल्ने भएको छ। नेपालले विश्वकप छनौट खेल अन्तर्गत कुवेत, जोर्डन, ताइवान लगायतका मुलुकसँग फुटबल खेल खेल्नेछ र छनोट चरणमा विजयी भएमा सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

 

यसै छनोट खेलसँग सम्बन्धित रहेर गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतले देशको स्वभिमान र गौरव संग जोडिएको नेपाली फुटबल खेलाडीहरुलाई मैदानमा हौसला प्रदान गर्नको लागी धेरै भन्दा धेरै नेपालीहरुलाइ उपस्थित गराउने उदेश्यले खेल हेर्न जाने नेपाली दर्शकहरूको सुविधालाइ ध्यानमा राखी मालियाबाट खेल मैदान सम्मको लागि यातायातको ब्यवस्था गर्ने भएको छ ।

कुवेत अवतरण भएका नेपाली फुटबल टिम

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल ।

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान ।

फरवार्ड : विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अभिषेक रिजाल ।