साँस्कृतिक मन्च कुवेतद्वारा आयोजित तिज बिशेष कार्यक्रम भव्यताका साथ सम्पन्न


परदेशी खबर / अगष्ट ३१, कुवेत l हिजो अगष्ट ३० तारिक शुक्रबार नेपाल कुवेत साँस्कृतिक मन्च कुवेतद्वारा आयोजित १९ औ सांस्कृतिक कार्यक्रम तथा तिज बिशेष कार्यक्रम कुवेत स्थित जिलिब्को इन्डियन सेन्ट्रल स्कुल हलमा भव्यताका साथ सम्पन्न भएको छ l

हिन्दु धर्मावलम्बी नेपाली नारिहरुको महान चाड हरितालिका तिज बिशेष कार्यक्रमको लागि अतिथि कलाकार नेपालि सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि चर्चित लोक दोहोरी गायिका पुर्णकला बि:सी लगाएत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो l अतिथि कलाकार लोकगायिका पुर्णकला बि:सी,प्रमुख अतिथि कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारी लाई बाहिर गेट बाट भित्र स्टेज सम्मा लालीगुराँस संस्कृतिक मंच कुवेतका (पन्चे बाजा टिमका) कलाकारहरुले ब्यानरसहित तामझामका साथ स्वागत गरीएको थियो।


परदेशमा रहेर पनि आफ्नो धर्म, संसकार, कला र संस्कृतिलाई संरक्षण गर्दै कुवेतको पुरानो सांस्कृतिक संस्था भनेर चिनिने नेपाल कुवेत सांस्कृतिक मन्च कुवेतले महिला दिदीबहिनीहरुलाई लक्षित पारेर हरेक साल तिज बिशेष कार्यक्रमको आयोजना गरि नेपालको झल्कन दिने गरि भब्याताका साथ् मनाउदै आएको छ l

दर्शकले खचाखच भरिएको कार्यक्रम हलमा निर्धारित समय भन्दा ढिलो सुरु भएको कार्यक्रम संस्थाका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा प्रमुख अतिथि नेपाली राजदुतावासका महामहिम राजदुत दुर्गाप्रसाद भण्डारी रहेका थिए भने बिशेष अतिथिहरुमा नेपाली राजदुतावास कुवेतकी सहचारी यशोदा अधिकारी, एनआरएनए एनसीसी कुवेतका अध्यक्ष सुजन केसी,नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ,गैरआवासीय नेपाली संघ,आइसीसी सदस्य अमित राई,(BEC Exchange )को प्रतिनिधी एरिया manager रिनोज ककुरेल लगायत कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार,कलाकार,खेलाडी,लगाएत रहेका थिए l उक्त कार्यक्रमलाइ माधव शर्माले संचालन गरेका थिए भने अथिथिहरुलाई मन्तब्यद्वारा स्वागत संस्थाका संस्थापक संरक्षक टिकाराम आचार्यले गरेका थिएl


औपचारिक कार्यक्रमको लागि हलमा नेपाली राष्ट्रिय गानको गुन्जनकोसाथ सुरु भएको कार्यक्रमको उद्घाटनमा सभापति र प्रमुख अतिथिको हातबाट बिशेष अतिथि र अतिथिहरुको उपस्थितिमा सामुहिकरुपमा दीपप्रज्वलनबाट सुरु गरिएको थियो l

तिज बिशेष कार्यक्रममा प्रमुख अतिथि महामहिम दुर्गाप्रसाद भण्डारी, बिशेष अतिथिहरु एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, लगाएत व्यक्ति बिशेषहरुले शुभकामना मन्तब्य राखेका थिए l

कार्यक्रमको दोश्रो चरणमा सुरुमै हलमा उपस्थित महिलाहरुलाई स्टेजमा सामुहिकरुपमा नाच्न बोलाएर मनोरन्जनात्मक सांगीतिक कार्यक्रमको सुरुवात गराइएसंगै अतिथि कलाकार पूर्णकला बिसीको प्रस्तुतिले सबैलाई छमछमी नचाएको थियो भने स्थानीय कलाकारहरु माधब शर्मा,कृष्ण सुनार,बिमल श्रेष्ठ,राज श्याम्बो,सुजल कार्की, बसन्त परियार,पुर्णिामा बुढामगर,रोसन राई,बिमल तमाङ,नेहा राई, श्याम बिसी,साबित्रा गैरे, प्रकाश गुरुङ,अन्जली भुजेल,सन्ध्य मगरको नृत्य तथा गायन धमाकेदार प्रस्तुतीले उपस्थित पाहुनाहरु लाई भरिपुर्ण मनोरन्जन प्रदान गरेको थियो।

 


उक्त कार्यक्रममा आयोजकको तर्फबाट दिदीबहिनी तथा दाजुभाइहरुलाई दर ( खिर , अचार र दहि ) साथै पानीको निशुल्क ब्यबस्था गरिएको थियो l आयोजक साँस्कृतिक मन्च कुवेतले प्रत्येक बर्ष हरितालिका तिज बिशेष कार्यक्रमको आयोजना गर्दै महिलाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गर्दै आएको मन्चले यसपाली भने महिला पुरुष सबैलाई प्रवेश शुल्कसहित प्रवेश गराइएको थियो l

कार्यक्रमको अन्तमा सभापति गोबिन्द बरालले कार्यक्रम सफल पार्नको लागि प्रतक्ष अप्रतक्ष रुपमा आर्थिक नैतिक र भौतिक सहयोग गर्नु हुने सम्पूर्णलाइ धन्यबाद दिदै कार्यक्रमको समापनको घोषणा गरेका थिए।फोटो सौजन्य :Nirem Production






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस