आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

प्रदेश नम्बर ३ समन्वय परिषद कतारद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

परदेशी खबर १४ भाद्र २०७६, शनिबार ०७:२६ मा प्रकाशित ( ४ साल अघि) ६६ पाठक संख्या

पर्दीशी खबर / अगष्ट ३१ , कतारl रक्तदान जीवन दान” भन्ने नारालाई आत्मासाथ गर्दै हिजो शुक्रवार भएको रक्तदान कार्यक्रम हमाद हस्पिटलको समन्वयमा मेडिकल कर्पोरेशन ब्लड डोनेसनको कक्षमा सम्पन्न भएको छ l
प्रदेश 3 समन्वय परिषद कतार का संयोजक रामजी खत्री, प्रथम उपाध्यक्ष विष्णु भण्डारी, हुमा पोखरेलले आयोजकका तर्फबाट शुरुवात गरेको रक्तदान कार्यक्रममा कतारमा रहेका विभिन्न संस्था तथा व्यक्तिहरुको सहभागितामा स्वास्थ्य परिक्षणपछि ८१ जनाले रक्तदान गरेका थिए ।

रगतको अभावमा कसैको मृत्यु नहोस भन्ने हेतुले आयोजना गरेको यस महत्वपुर्ण कार्यक्रममा बाक्लो उपस्थिति रहेकोमा खुसि ब्यक्त गर्दै उपस्थित सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरे । यो यात्रामा सहकार्य गर्ने सबै प्रति नमन एवं आभार व्यक्त गर्दै यो महान अभियानमा निरन्तर लागिरहने समेत सम्योजक खत्रीले बताए ।