आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा २१ जना नेपाली कामदार अलपत्र, उद्दारको लागि अपिल

परदेशी खबर १२ भाद्र २०७६, बिहीबार २२:४१ मा प्रकाशित ( ४ साल अघि) ३८९ पाठक संख्या

परदेशी खबर / अगष्ट २९ कुवेतl कुवेतमा २१ जना नेपाली कामदार कुवेत स्थित मंगफको ब्लक १ मा अलपत्र अवस्थामा परेका छन् l

एनआरएनए कुवेतका अध्यक्ष सुजन केसीका अनुसार अलपत्र अवस्थामा परेका कामदारहरुको बिगत ५ महिना देखि तलब नपाउनुको साथै ८ महिनादेख भिसा पनि नबिकरण नभएकोले पिडित कामदारहरुले सामुहिक रुपमा लिखित निवेदन एनआरएनए कुवेतका अध्यक्षलाइ सम्बोधन गर्दै सहयोग र उद्दारको लागि अपिल गरेका थिए l उक्त निवेदनलाइ गहनरुपमा लिदै सयमं अध्यक्ष केसीको नतृत्मा पिडितहरुको टोलिलाइ लिएर नेपाली दुतावास कुवेतका राजदुतसंग भेटेर समस्या राखेको र दुतावासको तर्फबाट पिडितहरुको उद्दारको लागि कम्पनि र कामदार बीच छलफल तथा म्यानपावरसंग पनि समस्याको समाधानको लागि प्रयत्न भैरहेको अध्यक्ष केसिले बताएका छन् l

बिगतका दिनमा पनि पिडित कामदारहरुले तलब नपाएकोले दुतावासमा उजुरी दिए पछि सुरुका दिनमा केहि महिना बिराएर तलब दिदै गरेको कम्पनीले पछिल्लो ६ महिना देखि तलब नपाउदा उनिहरु बाध्य भएर काम छोडेको र अहिले कम्पनीले आवास छाड्न दवाव दिरहेको बताएका छन् l पिडितहरुको कम्पनीले भिसा पनि रेन्यु नगरेकोले कुवेतको कानुन अनुसार उनीहरु अवैध भैसकेको र यस्तो अवस्थामा कानुनीरुपमा कुनैपनि समयमा कारबाहीमा पर्ने सम्भावना रहेको छ l

पिडित कामदारहरु २०१७को डिसेम्बर महिनामा काठमाण्डौको बसुन्धरामा रहेको ग्लोबल राइजिङ रिप्लेसमेन्ट सर्भिस म्यानपावर मार्फत आएका थिए र उक्त म्यानपावरका संचालक महेस बस्नेतसंग पनि सम्पर्कमा रहेको बताएका छन्।