आगामी सेप्टेम्बर ५ मा हुने विश्वकप छनोटको नेपाल र कुवेतविचको खेल हुने स्थान परिवर्तन


परदेशी खबर र अगष्ट २७, कुवेतl  फिफा बिश्वकप सन् २०२२ को दोस्रो चरणको एशियाली छनौट तर्फ नेपाल कुवेतबीच पहिलो खेल सेप्टेम्बर ५ तारिख विहीवार बेलुका ७:४५ बजेबाट कुवेतको शेख जाबेर अहमद स्टुडियममा हुने भनिएको खेलको मैदान परिवर्तन भएको छ l उक्त खेल सोहि दिन र सोहि समयमा नै कुवेत सिटि नजिकै कैफानमा रहेको “कुवेत सपोर्ट क्लब “को मैदानमा हुने भएको छ ।

कुवेतका खेल प्रेमी नेपाली दर्शकहरुको लागि सहुलियतमा प्रवेश शुल्क (टिकट) उपलब्ध गराइदिनको लागि गैर आवासीय नेपाली संघ कुवेत, नेपाली दुतावास र कुवेत फुटबल एसोसिएसन बीच छलफल भैरहेको र शुल्क के कति भन्ने बारेमा छिट्टै जानकारी गराउने एनसीसी कुवेतले विज्ञाप्ति मार्फत जानकारी गराएको छ l

उक्त खेलको लागि २३ जना राष्ट्रिय खेलाडी र १३ जना पदाधिकारीहरु गरि ३६ जनाको टोलि १ सेप्टेम्बरका दिन कुवेत अवतरण हुने जानकारी प्राप्त भएको छ ।
एन्फाका अनुसार नेपालको एकमात्र अन्तराष्ट्रियस्तरको दशरथ रङ्गशालाको पुनःनिर्माण कार्यसम्पन्न नहुँदा नेपालले आफ्नो घरेलु मैदानमा हुने खेल कुवेतकै मैदानमा खेल्न लागेको हो त्यस्तै कुवेतले उसको होम खेल नेपाल र कुवेतबीचको दोस्रो ‘अवे’ खेल भने आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा खेलिने भएको छ ।

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा कुवेत, चाइनिज ताइपे, जोर्डन र अष्ट्रेलिया, रहेका छन् । नेपालले चाइनिज ताइपेसँग अवे खेल भदौ २४ गते खेल्नेछ भने होम खेल चैत १२ गते दशरथ रङ्गशालामा खेल्नेछ। त्यस्तै नेपालले असोज २८ गते जोर्डनसँग उसैको मैदानमा खेल्नेछ भने जोर्डनविरुद्धको होम खेल नेपालले विसं २०७७ जेठ २१ गते दशरथ रङ्गशालामा खेल्ने तय भएको छ साथै नेपालले अष्ट्रेलियासँग असोज २३ गते उसैको मैदानमा खेल्नेछ भने नेपालले अष्ट्रेलियासँग चैत १८ गते दशरथ रङ्गशालामा खेल्नेछ। उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघले यसअघि नै ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो l

एनआरएनए कुवेतको विज्ञाप्ति 






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस