मितेरी समाज युएई द्वारा आयोजित “तीज सांस्कृतिक धमाका २०१९ कार्यक्रमको तयारी पूरा

परदेशी खबर/ अगष्ट २७,युएई। हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर मितेरी समाज युएईले प्रवास युएईमा रहेका नेपाली दिदिबहिनीहरुलाई तीजको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले ३० अगस्ट २०१९ शुक्रबार लियाली बन्फासज होस्पिटालिटी दवर जाबेल अलऐन युएईमा “तीज सांस्कृतिक धमाका – २०१९ कार्यक्रमको तयारि पुरा भएको छ।

कार्यक्रम युएईको अलऐनमा क्रियाशिलल विभिन्न संघ सन्स्थाहरुको सहयोगमा र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको ( NRNA NCC UAE (NA) कोर्डीनेशनमा ” तीज सांस्कृतिक धमाका – २०१९ कार्यक्रम युएई स्थिति अलऐन शहरमा भव्यरुपमा आयोजना हुने भएको छ ।
उक्त कार्यक्रममा अतिथि कलाकारको रुपमा चर्चित राष्ट्रीय लोक तथा दोहोरी गायक राजु ढकाल र चर्चित गायिका सम्झना लामिछाने मगरको बिशेष प्रस्तुति रहने छन् भने प्रवास युएईमा रहेका ख्याति प्राप्त फ्युजन डान्स ग्रुप , मगर ब्रदर्स ग्रुप, अनुराग थपियाल, दिब्या सुब्बा, रेबीका थापा मगर, उज्जवल दाहाल, राम लिम्बु, धडकन तामाङ , पारस लामा , प्रशान्त ताजपुरिया, सन्ध्या थापा र अनिसा तामाङको बेजोड प्रस्तुति रहने भएको छ।
कार्यक्रममा प्रवास युएईमा रहेका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई गरिमामय उपस्थितिको लागी आयोजक मितेरी समाज युएईका अध्यक्ष प्रदीप पुन मगरले आव्हान गरेका छन्।






Related Posts
  • बेरुत बन्दरगाह बिस्फोट स्थलमा १४१ फिट गहिरो खाडल
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित २३९ र संक्रमित संख्या ६२,३००
  • कुबेतबाट फर्कनेसँग ट्राभल एजेन्टहरूले २० प्रतिशत बढी असुली, वैदेशिक रोजगारीमा श्रमिक निरन्तर ज्यादतीमा
  • “यहाँ ” लामा भाई
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल आदिवासी जनजाति महासंघ युएईले २६ औं बिश्व आदिवासी जनजाति दिवस जुम भर्चुअल भिडियो कन्फरेन्स द्वारा मनाए

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित २२५ र संक्रमित संख्या ६२,५२५ र १ मुत्यु

    कुवेतमा कोरोना संक्रमनबाट ७१ हजार ७१३ सङ्क्रमित, ५१४ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस