नेपाली समाज युएईको अध्यक्षमा गोबिन्द ढकालको उम्मेदवारी घोषणा

नेपाली समाज युएईको १४ औं महाधिवेशन आगामी ०६ सेप्टेम्बर २०१९ शुक्रबार युएई स्थित दुबईमा हुने भएको छ। 

महाधिवेशनमा युएईमा लामो समय देखी निरन्तर सामाजिक अभियानमा सक्रिय भुमिका निभाउदै आएका स्वच्छ छवि र नेतृत्व हांक्न सक्ने अग्रसर क्षमतावान व्यक्ति गोबिन्द ढकालले नेपाली समाज युएईको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन। ढकाल नेपाल बिश्व सहयोग संघका निवर्तमान अध्यक्ष पनि हुन भने सामाजिक कामहरु गरेर युएईमा नेपाली समुदायहरुको बिच लोकप्रिय छवि बनाएका ढकालले एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्षमा आफ्नो उम्मेदवारी  घोषणा गरेका हुन् । उक्त प्रकाशित बिज्ञप्तिमा नेपाली सामाज युएई अगाडी बढाउन युएईमा रहेका सक्रिय संघरसंस्था एकजुट भएर पुरानालाई सम्मान गर्दै जाने, नयाँलाई प्रोत्सान गर्दै अगाडी बढ्नु र महान लक्ष्य र कार्यक्रम सहित नेपाली समाजलाई हाक्न सक्ने,श्रमिकको हितमा काम गर्न सक्ने कुशल नेतृत्वको खाँचो देखिएको कुरा हजुरहरुलाइ सर्बबिदितै छ । त्यसैले यी सबै चुनौतिको सामना गर्न बर्तमान नेपाली समाज युएइको २०१९ – २०२१ कार्यकालको लागि आफ्नो उम्मेदवारी रहेको घोषणा गर्दछु’। उक्त बिज्ञप्तिमा ढकालले जारी  गरेको छ ।

अध्यक्षका उम्मेदवार ढकालका कार्ययोजनाहरु 

नेपाली समाज युएईमा आबद्द संघसंस्था तथा आजिबन सदस्य लगाएत सम्पुर्ण युएई बासि नेपाली दाजुभाई दिदी बहिनीहरुलाई नमस्कार, नेपाली समाज युएईको १४ औ महाधिवेशन यहि ६ सेप्टेम्बर,२०१९ का दिन सम्पन्न हुन गईरहेको कुरा यहाँ हरुलाई अबगत नै छ । १९९० मा स्थापित नेपाली समाज युएइ संग बिगत लामो समय देखि सहकार्य गर्दै नेपालीहरुको हरेक समस्यामा आफुले पनि सक्दो सहयोग गर्दै आइरहेको कुरा यहाँहरुलाई थाहै छ। नेपाली सामाज युएई लाई अगाडी बढाउँन युएइ मा रहेका सक्रिय संघ/संस्था एक जुट भएर पुरानालाई सम्मान गर्दै जाने र नयाँलाई प्रोत्सान गर्दै अगाडी बढ्नु र महान लक्ष्य र कार्यक्रम सहित नेपाली समाजलाई हाक्न सक्ने,श्रमिकको हितमा काम गर्न सक्ने कुशल नेतृत्वको खाँचो देखिएको कुरा हजुरहरुलाई सर्ब बिदितै छ । त्यसैले यी सबै चुनौतिको सामना गर्न बर्तमान नेपाली समाज युएईको २०१९ – २०२१ कार्यकालको लागि निम्न लिखित कार्ययोजना सहित आफ्नो उम्मेदवारी रहेको घोसणा गर्दछु।

# युएइ मा रहेका नेपालीहरुको समस्यालाई समाधान गर्न सम्पूर्ण संघ/संस्थाहरु संग सहकार्य गर्दै नेपाली समाज प्रती सबै नेपालीको बिस्वास बढाउने छु ।

# नेपाली समाजको आर्थिक कोषलाई मजबुद बनाउदै आजिबन तथा साधारण सदस्यहरुलाई सहयोग राशि घोषणा गर्नेछु ।

# युएइमा क्रियासिल सम्पुर्ण सामाजिक, राजनैतिक, जातिय क्षेत्रीय एबं अन्य संघ/संस्थाहरु संग सहकार्य गर्दै,नेपाली समाजलाइ सबैको साझा फुलबारी हो भन्ने आभाष गराउने छु ।

# युएइमा रहेका नेपालीलाई भई परि आउने आपत बिपत एबं अन्य समस्यालाई नेपाली राज दुतावासबाट आबस्यक सल्लाह सुझाब लिइ दुताबास र नेपाली समाजको सहकार्यमा आर्थिक कोष खडा गरि समस्यामा परेका नेपालीहरुको नैतिक एबं कानुनी उपचार गर्दै समस्या समाधान गर्न प्रयत्न गर्नेछु ।

# नेपाली कला संस्कृतिको जगेर्ना गर्दै विभिन्न चाड,पर्ब बिसेष कार्यक्रमको आयोजना गर्नेछु ।

# युएइ कार्यरत नेपालीहरु रहेका क्याम्पमा गई जनचेतनामूलक कार्यक्रम गरिने छ, जसमा नेपाली राजदुतावासको पनि सहकार्यको लागि ध्यानकर्षण गराईने छ ।

# नेपाली महिलाहरुसंग जोडिएका समस्यालाई उच्च प्राथमिकतामा राख्दै समन्धित निकायको सहयोगमा समाधान तर्फ लाग्न प्रयत्न गर्नेछु ।

# बिगतमा नेपाली समाजमा आबद्द भई बिशेष कारणले समाजबाट बाहिरिनु भएको सम्पुर्णलाई स-सम्मानका साथ समाजमा ल्याउने प्रयास गर्नेछु ।

# युएई रहनु हुने पत्रकार,ब्यापारी,समाजसेवि,कलाकार सबै संग सुमधुर सम्बन्ध बनाई आपसी छलफल गर्दै बैचारिक एबं सात्काक्षर कार्यक्रम गरिने छ,साथै सबै संघ संस्थाहरु संग कार्यगत सहकार्यमा जोड दिइनेछ ।

अन्त्यमा, हाल नेपाली समाज युएईले आयोजना गर्ने बिभिन्न किसिमका कार्यक्रममा सहयोग गर्दै आएको सबैमा सर्बबिदितै छ । तपाईंहरुको साथ सहयोग र हौसलाले आगामी दिनमा अझै बढी मेहनत र कडा परिश्रम गर्दै निरन्तर सामाजिक सक्रियतामा रहेर यहाँका संघ संस्थाहरुसंगको सामुहिक कार्य योजना र निष्ठावान साथिहरूको मद्दत लिएर एउटा नमुना नेपाली समाज बनाउन पल गर्नेछु । नेपाली समाज केन्द्रीय समिति,विभिन्न जिल्लाका कार्य समितिहरु र राजदूताबासको सहकार्यमा नेपाली माथी आपत बिपत पर्दा न्यायोचित कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सम्पुर्ण संघ संस्था,आजिबन सदस्य,प्राषद सदस्यमा साथ सहयोग को लागि हार्दिक अपिल गर्दछु । आशा छ नेपाली समाजलाई उच्च स्थानमा पुर्याउने मेरो सपनामा हजुरहरुको साथ र सहयोग हुनेछ ।अध्यक्ष पदका उम्मेदवार गोबिन्द ढकाल।






Related Posts
  • तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न
  • काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

    अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

    एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस