एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

परदेशी खबर / अगष्ट १४, कतारl गैरआवासीय नेपली संघ कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी भएका छन् ।

उनले आफ्ना प्रत्यासी तेज कटुवाललाई ९४० मतअन्तरले पराजित गर्दै आगामी दुई बर्षका लागि अध्यक्ष बन्न सफल भएका हुन् । शुक्रबार भएको निर्वाचनमा मुसलमानले दुई हजार ६६ मत प्राप्त गरे भने कुटवालले एक हजार १२६ मत मात्रै प्राप्त गरे । विगत डेढ दशकदेखि कतारमा व्यवसाय गर्दै आएका मुसलमान सत्तारुढ दलनिकटका मानिन्छन् । उनले आफ्नो टिमलाई नै विजयी गराउन सफल भएका छन्।

यसअघिको अध्यक्षको निर्वाचनमा पराजित भएका मुसलमान यस पटक भने भारी मतसहित विजयी भएका हुन् । त्यस्तै राष्ट्रिय समन्वय समिति (एनसीसी)को प्रथम उपाध्यक्षमा उत्तम गुरुङ, द्धितीय उपाध्यक्षमा टंककुमार खड्का, महिला उपाध्यक्षमा सरिता भण्डारी, महासचिवमा पदम गिरी, सचिवमा अपसर खान र नेत्र भुजेल, कोषाध्यक्षमा विनोद बसौला, सहकोषाध्यक्षमा तनबिर आलम, युवा संयोजकमा रविन मगर, र महिला संयोजकमा अम्बिका खत्री चयन भएका छन् । दोहास्थित नेपाली दूतावासमा भएको निर्वाचनबाट अन्तर्रा्ष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्यमा रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा र केबी हमाल चयन भएका छन् । नवनिर्वा्चित अध्यक्ष मुसलमान सामाजिक काममा सक्रिय रहने र सबै समुदायसँग मिलेर काम गर्ने ब्यक्तित्वका छन् । एनआरएनए कतारको सल्लाहकार र अन्तर्रा्ष्ट्रिय नेपाली मुस्लिम समाजका पूर्व अध्यक्षसमेत रहेका उनले यसअघि आफू विजयी भएपछि सबैलाई मिलाएर संगठनलाई गतिशील बनाउने प्रतिबद्धता जनाएका थिए ।






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस