आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

परदेशी खबर ६ भाद्र २०७६, शुक्रबार १७:०० मा प्रकाशित ( ४ साल अघि) २८८ पाठक संख्या

कृष्णजन्माष्टमी तथा लाखे जात्र पनि मनाइएको थियोl  

परदेशी खबर / अगष्ट २३, कुवेत l आज अगष्ट २३ तारिक शुक्रबार कुवेत स्थित फर्वानियाको अडीटोरियम हलमा लालीगुराँस सांस्कृतिक परिवार कुवेतको आफ्नो नवौं बार्षिक उत्सव तथा चौथो अधिवेशनबाट पुनः अध्यक्षमा माधव पौडेल चयन गर्दै कार्यक्रम सम्पन्न गरेको छ l

“कला र संस्कृति हाम्रो परम्परा “ भन्ने मुल नारा लिएर २०१०मा स्थापना भएको कुवेतको नेपाली समाजमा पुरानो र आफ्नो अलग पहिचान बनाएको लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतले यस पटक भने आफ्नो बार्षिक उत्सव तथा अधिवेशन पृथक ढंगले कृष्णजन्माष्टमी तथा लाखे नाचको साथ मनाएको हो l

संस्थाका अध्यक्ष माधव पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिमा नेपाली राजदुतावासबाट महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी र बिशेष अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष सुजन केसी, आइसीसी सदस्य अमित चाम्लिङ राई लगायत अतिथिहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालक माधव शर्माले गरेका थिए भने अतिथिहरुलाई स्वागतका लागि संस्थाका प्रवक्ता इन्द्र थापाले मन्तब्य राखेका थिए l

औपचारिक कार्यक्रमका लागि प्रमुख अतिथि, बिशेष अतिथि तथा अतिथिहरुको हातबाट सामुहिक दिव्य प्रज्वलन गरे लगतै राष्ट्रिय गानको गुन्जन पछि  सभापति, प्रमुख अतिथि र बिशेष अतिथिहरुद्धारा सामुहिकरुपमा केक काटिएको थियोl

कार्यक्रममा लालीगुराँस सांस्कृतिक परिवार कुवेतले संस्कार संस्कृति र कलाकारिता क्षेत्रमा पुर्याएको कार्यको प्रशंसा गर्दै प्रमुख अतिथि महामहिम दुर्गा प्रसाद भण्डारी, बिशेष अतिथि एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, आइसीसी सदस्य अमित चाम्लिङ, अतिथिहरु पत्रकार महासंघका उपाध्यक्ष नबराज पन्थी, आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, माउन्टेन एभरेष्ट क्लबक अध्यक्ष इन्द्र पोखरेल, परदेशी खबरका प्रधान सम्पादक नैनकला राई, लालीगुराँस सांस्कृतिक परिवार  कुवेतका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार बीबी मल्ल ठकुरी, सांस्कृतिक मंच कुवेतका अध्यक्ष गोबिन्द बराल र जना-जागृति युवा समाज,कुवेतका अध्यक्ष टिकाराम आचार्यले शुभकामना मन्तब्य राखेका थिएl

कार्यक्रममा भगवान कृष्णको पुजा गरि कृष्णजन्माष्टमी मनाउदै लालीगुराँस सांस्कृतिक परिवारका कलाकारहरुको टिमले लाखे नाचको प्रस्तुति दिएका थिए उक्त प्रस्तुतिले सबैलाई मनोरन्जनात्मक र नेपाली पनको झल्कन दिलाएको थियो भने सुनिता योन्जनको एकल नृत्य र प्रदिप आषिकीको सुमधुर स्वरमा गितको  प्रस्तुति रहेको थियोl

आयोजक लालीगुराँस सांस्कृतिक परिवारले कुवेतमा उत्कृष्ट उद्घोषण गर्ने उद्घोकहरु सुरेश ग्याबा तामाङ, माधब शर्मा र भुवन सुवेदी लाई सम्मान गर्नुको साथै गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा कुवेतको तर्फबाट निर्वाचित हुनु भएका अमित राईलाइ खादा ओढाएर सम्मान गरेका थिए त्येस्तै ५ जना महिलाहरु ललिता थापा मगर, कुमारी राई, सपना थापा मगर, देवी मगर र रोसनी परियारलाइ उपहारस्वरुप तिज कोसेली प्रदान गरिएको थियोl

 

आयोजकको तर्फबाट उपस्थित पाहुनाहरुलाई नेपाली साकाहारी आइटमका परिकार : खिर, खिचडी, आलु-चना र पानीको निशुल्क ब्यबस्था गरिएको थियो l

कार्यक्रमको दुश्रो चरणमा पुरानो कार्यसमितिलाई बिघटन गरेर अध्यक्षमा पुनः माधव पौडेलको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरिएको थियो l उक्त कार्यक्रमको सहजीकरण संरक्षक बि बि मल्ल ठकुरीले गरेका थिए l

 

सल्लाहकार समिति    

संरक्षकहरु -बि बि मल्ल ,राजेन्द्र बिरहि ,अरुण लिम्बू ,अास्मा राई ,अमित चाम्लिङ ,ललिता थापा,सोम रसाइली ,उमेश पुडासैनी

बरिस्ठ सल्लाहकारहरु – प्रेम कटुवाल ,सुरेश ग्यावा तामाङ

सल्लाहकारहरु -मुक्त बहादुर बि.क ,डि बि भुसाल ,भोलानाथ पाण्डे

 

नयाँ कार्यसमिति

अध्यक्ष – माधब पौडेल

उपाध्यक्ष – बिस्नु सुनार

महिला उपाध्यक्ष – सपना थापामगर

महासचिव – बाबू मल्ल ठकुरी

सचिव – ललित बि.क

कोषाध्यक्ष – मधुसूदन न्यौपाने

सह-कोषाध्यक्ष – सुरेश सेन्चुरी

प्रवक्ता – ईन्द्र थापा मगर

महिला संयोजक -पवित्रा दाहाल

सदस्य हरु – मन नारायण श्रेष्ठ ,रवि परियार ,नसिव रायन ,प्रिन्स रसाइली ,दिपक पोखरेल ,सन्त लम्साल ,निर्मल लामा ,रोशनि परियार