कुवेतबाट नेपाल प्रहरीलाई पत्र

श्रीमान,
प्रहरी महानिरीक्षकज्यू,
प्रहरी अतिरिक्त महानिरीक्षकज्यू,
प्रहरी नायब महानिरीक्षक ज्यु,
प्रहरी वरिष्ठ उपरीक्षकज्यू,
प्रहरी उपरीक्षक ज्यू,
प्रहरी नायब उपरीक्षक ज्यू
प्रहरी निरीक्षकज्यू लगायत
सम्पुर्ण दर्जाका प्रहरी कर्मचारीमा अविवादन जय नेपाल,सत्य सेवा सुरक्षणम ।

नेपाल प्रहरीको नारा साच्चै नै जनताको मन छुने राष्ट्रिय भावनाले ओतप्रोत छ। तर नेपाल प्रहरीमाथी जनताको विश्वासत घटेको छ किन भने नेपाल प्रहरी संगठन समय समयमा राजनितीको सिकार हुँदै आइरहेको ईतिहास साक्षी छ । नेपाल प्रहरी संगठन भित्र सरुवा बढुवाको लागी राजनिती पार्टीहरुको ठाडो हस्तक्षेपले प्रहरीलाई कामकारबाहीमा चुस्त दुरुस्त सङ्ग काम गर्न नदिएको नयाँ कुरा रहेन।केही दिन पहिला ड्युटीमा रहेको नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक माथी पारस शाहले उत्तेजित हुँदै निर्मम पाराले हातपात गर्यो र त्यो भिडियो भाइरल भयो। तर त्यो अराजक मुद्दामा नै प्रहरीले मौनता देखाउदा अब एक साधरण नागरिकले नेपाल प्रहरीलाइ प्रश्न गरिरहेको छ- पारस शाहलाई पक्राउ गरेर कानुनी कठघरामा उभ्याउन नसक्नुको कारण के हो?अहिलेसम्म नेपाल प्रहरी किन मुखदर्शक मात्र भैइरहेको छ?ड्युटीमा रहेको स्वयंम प्रहरी नै सुरक्षित,सम्मानित छैन भने अब निशस्त्र,निर्वल,दुःखी जनतालाइ राज्यमा कसले सुरक्षाको ग्यारेन्टी दिने?मलाई बलिदान फिल्मको एउटा गितको याद आयो”साना निमुखा गरिब दुखिलाइ नेपालको ऐन कानुन, नेपालको ठुलाबडालाई चैन”।पारस कानुन भन्दा पनि माथी हो?यदि हो भने अझैपनी नेपालमा राजतन्त्र हटिसकेको छैन? इमान्दारपुर्वक वर्दिमा ड्युटि निभाइरहेक राष्ट्र सेवकलाई सार्वजनक ठाउमा अत्यन्तै ठूलो अपराधिलाई झै अपमानित गर्ने ती पारस शाहको अबको हैसियत के हो त? शान्ती सुरक्षाको निम्ति अहोरात्र दिनरात घरपरिवार नभनी खटिएका प्रहरीको मनोबल त्यो हद्सम्म गिराउने काम गर्दासम्म नेपाल सरकारको गृहमन्त्रालय र नेपाल प्रहरी किन चुपबसिरहेको छ ? यो कुरा नेपाली जनतालाई प्रष्ट पार्नुपर्छ होइन भने अत्यचार गर्ने मात्र होइन सहने पनि दोषी हुन र यसको पछाडि के छ,भनेर नेपालीजनतालाई बुझ्न अब धेरै समय लाग्ने छैन।

जनताको जिउधन,शान्ती सुरक्षाको लागी प्रहरिलाइ राज्यले पुर्णरुपमा जिम्मेवारी राज्यले दिइसके पछि कुनैपनी किसिमको चाहे त्यसको आर्यघाट पुगेको अस्तित्व होस या सिंहदरबारको अस्तित्वमा रहेकाले राजनीति हस्तछेप गर्नुहुन्न र नेपाल प्रहरीले पनि निश्चपक्ष तरिकाले आफ्नो जिम्मेवारी न्याय र साहसिक रुपमा गर्नुपर्छ।सम्मानित ड्युटी गर्दा काधको तारे फुलि झरे झरोस तर न्याय मर्नु हुन्न यो देशमा।

नेपाल प्रहरी संगठनमा नातावाद र कृपावाद बर्णनभेद पावर शेयरिङ जस्ता अपबित्र कार्यले गर्दा सहि देश भक्ती सिपाही बढुवामा हस्तक्षप भैइरन्छ। एउटा आदिवासी जनजातीको छोरी नेपालको पहिलो महिला पुर्वडिआइजी पार्बती थापामगर प्रहरी प्रमुख हुने समयमा नेपाल प्रहरी भित्र बर्णभेद,रंगभेदको राजनीतिले डामेर अन्तिममा पार्बती थापा मगर भन्दा जुनियर अर्याल नेपाल प्रहरीका प्रमुख बनेको इतिहास साक्षि छ।र नेपाल प्रहरीलाई चुस्तदुरुस्त बनाउने हो भने राजनीति हस्तक्षेप बन्द हुनुपर्छ। दक्ष,अनुभवी कार्यक्षमतावान व्यक्ति संगठन प्रमुख भएको खण्डमा मात्र राज्यका आम सर्वसाधरण नागरिकले नेपाली जनताले सुरक्षाको प्रत्येक्ष अनुभूति गर्न पाउने छन।
जय नेपाल,जय देश।

राजकुमार राई कुवेत






Related Posts
  • कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु
  • अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि  हट्दै अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै
  • मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित
  • नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा : पदाधिकारीकै संलग्नतामा १६ रोपनी जग्गा अतिक्रमण
  • पछिल्ला सम्प्रेसणहरु

    कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

    अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

    मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस