विश्वकप छनोट–नेपाल र कुवेतबीचको खेल सेप्टेम्बर ५ तारिक कुवेतमा हुदै

परदेशी खबर/ अगष्ट २२, कुवेतl फिफा बिश्वकप सन् २०२२ को दोस्रो चरणको एशियाली छनौट तर्फ नेपाल कुवेतबीच पहिलो खेल सेप्टेम्बर ५ तारिक  विहीवार बेलुका ७ः४५ बजेबाट कुवेतको शेख जाबेर अहमद स्टुडियममा खेल्ने भएको छ ।

उक्त खेलको लागि २३ जना राष्ट्रिय खेलाडी र १३ जना पदाधिकारीहरु गरि ३६ जनाको टोलि १ सेप्टेम्बरका दिन कुवेत अवतरण हुने जानकारी प्राप्त भएको छ ।
एन्फाका अनुसार नेपालको एकमात्र अन्तराष्ट्रियस्तरको दशरथ रङ्गशालाको पुनःनिर्माण कार्यसम्पन्न नहुँदा नेपालले आफ्नो घरेलु मैदानमा हुने खेल कुवेतकै मैदानमा खेल्न लागेको हो त्यस्तै कुवेतले उसको होम खेल नेपाल र कुवेतबीचको दोस्रो ‘अवे’ खेल भने आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा खेलिने भएको छ ।

नेपाली दर्शकहरूलाई मध्यनजर गर्दै खेल हेर्ने सुविधाको लागी फुटबल मैदान प्रवेश टिकट निशुल्क वा सहुलियतमा मिलाउने भन्ने विषयमा कुवेत फूटबल संघ, गैरआवासीय नेपाली संघ कुवेत, नेपाली दूतावास र नेपाल फुटलब संघबीच छलफल भइरहेको बताइएको छ । गैरआवासीय नेपाली संघ कुवेतले एन्फाको आग्रहमा नेपाली टिमको लागि आवश्यक सामग्री तथा बस्न र खान लगाएत यातायातको सुबिधा सहितको लागि छलफल र खोजि कार्य भैरहेको जानकारी प्राप्त भएको छ ।

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा कुवेत, चाइनिज ताइपे, जोर्डन र अष्ट्रेलिया, रहेका छन् । नेपालले चाइनिज ताइपेसँग अवे खेल भदौ २४ गते खेल्नेछ भने होम खेल चैत १२ गते दशरथ रङ्गशालामा खेल्नेछ। त्यस्तै नेपालले असोज २८ गते जोर्डनसँग उसैको मैदानमा खेल्नेछ भने जोर्डनविरुद्धको होम खेल नेपालले विसं २०७७ जेठ २१ गते दशरथ रङ्गशालामा खेल्ने तय भएको छ साथै नेपालले अष्ट्रेलियासँग असोज २३ गते उसैको मैदानमा खेल्नेछ भने नेपालले अष्ट्रेलियासँग चैत १८ गते दशरथ रङ्गशालामा खेल्नेछ। उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघले यसअघि नै ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।






Related Posts
  • किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग
  • १८ औं बमजन कपको उपाधी पुर्वेली टाईगरको पोल्टोमा
  • एनआरएनए कुवेतको आयोजनामा हुन गैरेहेको भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित
  • कुवेतमा अचेत अवस्थामा उपचाररत सुरेश बहादुर खत्रीको निधन
  • पछिल्ला सम्प्रेसणहरु

    कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ??

    बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

    गृहमा आकस्मिक बैठक, सतर्क रहन मन्त्रीको निर्देशन

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस