ट्वीटर र फेसबुकको दाबी हङ‌कङ प्रदर्शन भ्रम फैलियो

हङकङ ४ भदौ ।। चीनले सामाजिक सञ्जालबाट हङ‌कङमा भइरहेको आन्दोलनबारे भ्रामक सूचना फैलाउने अभियान चलाएको पत्ता लागेको भन्दै ९३६ खाता बन्द गरेको छ । फेसबुक र ट्वीटरले भ्रम फैलाएकाले नियन्त्रणका लागि उपयुक्त कदम चालिएको दाबी गरेका छन् ।
ट्वीटरले हङ‌कङमा राजनीतिक द्वन्द्व सिर्जना गर्न खोज्ने ९३६ खाताहरू हटाइएको जानकारी दिएको छ । चीनबाट सञ्चालित ती खाताहरू संगठित रूपबाट हङ‌कङको राजनीतिक अवस्था र त्यसको वैधतालाई कमजोर पार्ने उद्देश्यबाट सञ्चालित भएको दाबी गरिएको छ । फेसबुकले पनि सातवटा फेसबुक पेज, तीनवटा ग्रुप र पाँचवटा खाता हटाइएको जनाएको छ ।
‘त्यहाँ बारम्बार स्थानीय राजनीतिक समाचार र खासगरी चलिरहेको हङ्कङको प्रदर्शनबारे लेखिन्थ्यो,’ फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नथानियल ग्लेचर भन्छन्, ‘त्यस्तो काम गर्ने मानिसहरूले आफ्नो पहिचान लुकाउन खोजे पनि हाम्रो अनुसन्धानले ती चीन सरकारसँग सम्बन्धित रहेको देखाएको छ ।’

यसैगरी बन्द गरिएका ९३६ ट्वीटर खाताबाहेक अन्य २ लाखजति खाता अफवाह फैलाउने उद्देश्यले खोलिएको पाइएको र तिनीहरूलाई प्रयोगमा आउनुअघि नै निष्क्रिय गराइएको बताइएको छ । ट्वीटरले आफ्नो एउटा विज्ञप्तिमा भनेको छ, ‘हाम्रो विस्तृत अनुसन्धानपछि संगठित रूपमा चीन सरकार समर्थित काम रहेको देखिने बलिया प्रमाणहरू भेटिएका छन् ।’
गत साता चीनको सरकारी समाचार संस्था सिन्हवाले ट्वीटरमा प्रायोजित पोस्टहरू गरेको भन्दै चर्को आलोचना भएको थियो । ट्वीटरले आगामी दिनमा राज्यनियन्त्रित कम्पनीबाट विज्ञापन नलिने घोषणा समेत गरेको छ । तर उसले आफ्ना नयाँ नीति स्वतन्त्र सार्वजनिक प्रसारकहरूका हकमा लागू नहुने बताएको छ ।
चीनमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटर पहिल्यैदेखि प्रतिबन्धित छन् । यद्यपि भीपीएन भनिने भिन्न इन्टरनेट मार्गको प्रयोग गर्दै त्यसलाई प्रयोग गर्छन् । केही समयअघि प्रस्तुत एउटा विधेयकमा मुख्यभूमि चीन, ताइवान र मकाउबाट आपराधिक सुपुर्दगीको अनुरोध आएमा हङ‌कङ अदालतले प्रत्येक मुद्दाका आधारमा गरेको निर्णयमा आधारित भएर सुपर्दगी गर्न सकिने व्यवस्था राखिएको थियो ।

ताइवानमा बिदा मनाउन गएका बेला हङ‌कङका एक व्यक्तिले आफ्नी प्रेमिकाको हत्या गरेको आरोप लागेपछि ताइवानमा सुपुर्दगी गर्न खोजिएको थियो । तर कानुनको अभावमा सुपुर्दगी गर्न नसकेपछि हङकङ सरकारले विधेयक
ल्याएको थियो । सो विधेयकको विरोध भएपछि सरकारले फिर्ता लिएको थियो । यद्यपि विधेयक फिर्ता भएपनि आन्दोलनकारीले थप मागहरू अघि सार्दै आन्दोलनलाई निरन्तरता दिएका छन् । बिबिसी






Related Posts
  • भारत बिरूद्ध दर्जनाैं कलाकारकाे खबरदारी “हाम्रो भूमि फिर्ता गर” (भिडियो सहित)
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७८१, संक्रमित संख्या २९,४८५ र १ जनाको मृत्यु ।  
  • अमेरिकी दुस्प्रचार साकार हुन दिदैन – चीन
  • भारतीय मिडियालाई कांग्रेसका नेता मिनेन्द्र रिजालको जवाफ, सीमाको विषयमा सरकारले लिएको अडानमा पूर्ण समर्थन
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट २२ हजार ५७५ सङ्क्रमित, ६०८ नयाँ संक्रमित, ७ जनाको मृत्‍यु (अपडेट)

    बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

    प्रेमको सीमाप्रेम

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस