लालीगुराँस सांस्कृतिक परिवार कुवेतद्वारा आयोजित कृष्णजन्माष्टमी तथा रोँपाई जात्राको तयारी पुरा

परदेशी खबर / अगष्ट २०,कुवेत। लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आफ्नो नवौं बार्षिक उत्सव तथा चौथो अधिवेशनको अवसर परेर कृष्णजन्माष्टमी तथा रोपाई जात्राको कार्यक्रम आउदो अगष्ट २३ शुक्रबार फर्वानिया स्थित आइडियल अडिटेरियम हलमा गर्ने गैरहेको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष माधब पौडेलले जानकारी दिएका छन्l

उक्त कार्यक्रम पहिले भन्दा पृथक ढंगले नेपालीको पहिचान, रितिरिवाज र चालचलन अनुसारको सांगीतिक प्रस्तुतिहरुसहित मारुनी नृत्य, रोपाई जात्रा लगायत पन्चेबाजाको कार्यक्रम हुने अध्यक्ष पौडेलले बताएका छन् l

सो दिनको कार्यक्रममा कुवेतमा कृयाशिल संघ संस्था, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पत्राचार गरिसकिएको भएपनि कारणवस पत्र वा निमन्त्रणा नपुगेको खण्डमा यसै समाचारलाई आधार मानेर कार्यक्रममा उपस्थिति भैदिन आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण
मिति:- २३ अगष्ट, शुक्रबार
स्थान:- आइडियाल अडिटेरियम हल फर्वानिया
समय:- दिउँसो १२.३० बजे






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस