आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

सिंहदरबारभित्र कर्मचारी मृत भेटिए

परदेशी खबर ३ भाद्र २०७६, मंगलवार ०८:१९ मा प्रकाशित ( ४ साल अघि) २२० पाठक संख्या

कर्मचारी मृत भेटिएको राष्ट्रिय योजना आयोग कार्यालय। फोटोः पवन तिमल्सिना/अन्नपूर्ण

काठमाडौं : राष्ट्रिय योजना आयोग भवनमा एक कर्मचारी मृत भेटिएका छन्। आयोगमा कार्यरत नायब सुब्बा करिब ५० वर्षीय बच्चुराम केसी मृत भेटिएका हुन्।

केसी आयोग कार्यालयमा रहेको अनुगमन तथा मूयांकन महाशाखाको सभाहलमा मृत भेटिएका प्रहरीले जनाएको छ। उनी सभाहलमा ढलिरहेको अवस्थामा देखेपछि बिहान पौने १० बजे आयोगकै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

अहिले शव भेटिएको आयोग परिसर सिल गरिएको छ। राष्ट्रिय योजना आयोग मन्त्रालय तथा अन्य महत्वपूर्ण सरकारी कार्यालयहरू रहेको सिंहदरबारभित्र छ।

मृतक केसीको शव भेटिएको स्थानमै सेल्फस नामक विषादीको बट्टा पनि भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवता डीएसपी होबिन्द्र बोगटीले बताए। फरेन्सिक चिकित्सक ल्याएर घटनाको थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए। यो समाचार साभार अन्नपुर्ण पोष्टबाट गरिएको हो

घटनाको विस्तृत विवरण आउन बाँकी छ।