इन्डोनेसियामा ‘हिंस्रक’ प्रदर्शन, संसदीय भवन नै जलाइयो


०२ भदौ , जाकर्ता l इन्डोनेसियाको पश्चिमी क्षेत्र पपुवास्थित हजारौं प्रदर्शनकारीको आन्दोलन हिंस्रक बन्न थालेको छ ।

आदिवासी पपुवान विद्यार्थीहरुमाथि प्रहरीले दमन गरेको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीले सार्वजनिक भौतिक पूर्वाधारमा आगो लगाउनुका साथै सडक समेत भत्काइदिएका छन् ।
पश्चिम पपुवा प्रान्तको राजधानी मनोक्वारीस्थित प्रदर्शनकारीले सरकारी भवन नै जलाएको समाचार अलजजिराले जनाएको छ । पश्चिम पपुवा प्रान्तका पूर्व गभर्नर डोमिंगस मन्दाकान बस्ने भवन समेत प्रदर्शनकारीले जलाएका छन् ।

घटनामा घाइते कति भए र समग्र क्षति कति भयो भन्नेबारे यकिन भइनसकेको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाकाे बारेमा छानविन गरिरहेकाे जनाएकाे छ । प्रदर्शनलाई अधिकारीले ‘हिंस्रक’ भनेका छन् । आदिवासी विद्यार्थीलाई राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई रिहाइको माग गर्दै आन्दोलन चर्किएको हो । साभारः अन्नपुर्ण पोष्टबाट






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस