आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

पाकिस्तानी सेनाको गोली प्रहारबाट पहाडी मूलका गोरखा सैनिकको मृत्यु

परदेशी खबर १ भाद्र २०७६, आईतवार ११:२३ मा प्रकाशित ( ४ साल अघि) १४० पाठक संख्या

एजेन्सी – भारत स्थित जम्मु-कश्मीरको राजौरीस्थित पाकिस्तानी सेनाको गोली प्रहारबाट एकजना पहाडी मूलका भारतीय सेनाको मृत्यु भएको छ।

शनिबार बिहानको घटनामा भारतीय गोरखा सैनिकका लेस नायक सन्दीप थापाको मृत्यु भएको बताइएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार मृतक थापा देहरादुनका हुन्।

जवाफी फायरिङ स्वरुप भारतीय सेनाले पाकिस्तानी सेनाको क्याम्प ध्वस्त बनाएको पनि बताइएको छ।