कतारमा दोस्रो म्हेम्दोमाया साझ भव्य रुपमा सम्पन्न

परदेशी खबर संवाददाता /कतार l भाषा, धर्म, लिपि, भेषभुषा, संस्कार र संस्कृतिको जगेर्ण म्हेन्दोमायाको अभियान” भन्ने मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापना भएको म्हेन्दोमाया समाज कतारले पहिलो दोस्रो म्हेन्दोमाया साझ- 2019 हिजो अगष्ट १६ तारिक शुक्रबार डल्ला ड्राईभिङ एकेडेमीको हलमा सभ्य र भब्य रुपमा सम्पन्न गरेको छ।

कार्यक्रममा नेपालबाट आमन्त्रित म्हेन्दोमाया,सेलो र नेपाली गीतहरु गाएर साङ्गीतिक फाटमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल चर्चित कलाकारहरु सीता लामा,आशिक गोङ्बो तामाङ र गायिका बबिता पाख्रीन तामाङको साथमा स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुतिका साथ भब्यरुपमा कार्यक्रम सम्पन्न भएको हो ।


समाजका अध्यक्ष प्रकाश मम्बा तामाङको सभाध्यक्षमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाती महासङघ कतारका अध्यक्ष शिव भुजेल रहेका थिए भने कार्यक्रममा कतारमा रहेका विभिन्न , सामाजिक संघ संस्था, तथा बुद्धिजिविहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण सुबास तामाङ र कुमारी बम्जन लामा गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक सन्जय डिमडुङले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि भुजेलले सम्म्बोधन गर्दै म्हेन्दोमाया मौलिक संकृति केवल तामाङ जातिको मात्र नभै सम्पुर्ण नेपालीहरुको हो र यसलाई संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धन गर्नु हामी सबैको दायित्व भएको बताए।

कार्यक्रममा विभिन्न संघ संस्थाका ब्यक्तित्वहरुद्वारा सुभकामना मन्तव्य राखेका थिए । म्हेन्दोमाया संस्कृतिको जगेर्ण संगै प्रबर्द्धनको निम्ती जोड दिनुपर्ने बताउदै कार्यक्रम सभ्य तथा भब्य रुपमा सफलतको शुभकामना राखेका थिए।

समाजका सल्लाहकार तथा नेपाल प्रवासी तामाङ समाज कतारका संस्थापक अध्यक्ष शुक बहादुर तामाङले सभाहलमा उपस्तिथिलाई “म्हेन्दोमाया” स्पष्ट पार्दै कार्यक्रम गर्नुको उदेश्य र औचित्यका बारेमा सबैलाई प्रष्ट्याएका थिए।
कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथी चर्चित कलाकारहरु सीता लामा,आसिक गोङ्बो तामाङ र गायिका बबिता पाख्रीन तामाङको जादुमय स्वरमा दर्जनौ भन्दा बढी म्हेन्दोमाया, तामाङ सेलो गित प्रस्तुत गरेँ भने नेपाली लोकदोहोरि तथा सालैजो जस्ता गीतका भाकाहरुमा गीतहरुको प्रस्तुतीले माहोल रमाइलो भएँको थियो भने स्थानिय कलाकारहरुले पनि निकै रमाइलो प्रस्तुती दिएको थियो ।
कार्यक्रममा समाजका अध्यक्ष प्रकास मम्ब तामाङले सबैलाई धन्यवाद सहित आभार प्रकट गर्दै समापनको घोषणा गरेका थिएl






Related Posts
  • आरक्षण जातीय हुनुपर्छ कि वर्गीय ?
  • नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान
  • नवराज विश्वकर्मा लगायतको हत्याप्रकरणको निश्पक्ष छानबिनको माग गर्दै मुलबासी मंगोलहरु सडकमा उत्रिए
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    आरक्षण जातीय हुनुपर्छ कि वर्गीय ?

    कुवेतमा कोरोना संक्रमनबाट २९ हजार ३५९ सङ्क्रमित, ७१० नयाँ संक्रमित, चारको जनाको मृत्‍यु (अपडेट)

    थप २०१ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २३ सय पुग्यो

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस