आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

लुम्बिनी समाज नेपाल कुवेतको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश पाल्पाली चयन

परदेशी खबर ३२ श्रावण २०७६, शनिबार १०:३६ मा प्रकाशित ( ४ साल अघि) २०६ पाठक संख्या


परदेशी खबर / अगष्ट १७, कुवेत l कुवेतको जिलिब स्थित हलमा हिजो अगष्ट १६ तारिक शुक्रबार लुम्बिनी समाज नेपाल कुवेतको चौथो अधिवेशन अध्यक्षमा रमेश पाल्पालीलाइ चयन गर्दै सम्पन्न भएकोछ

अध्यक्ष रमेश पाल्पालीको सभापतित्वमा गरिएको उक्त कार्यक्रममा नेपाली दूतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भन्डारीको प्रमुख आथित्यता रहेको थियो भने समाजका संस्थापक संरक्षक नवराज पन्थीले कार्यक्रम संचालन गरेका थिए।

अधिवेशनको उपस्थितमा रहनु सम्पुर्ण अथितीहरुको मन्तब्यबाट अशोक ओस्तिले स्वागत गरेका थिए साथै संस्थाको गतिविधि बारे संरक्षक राजु कार्कीले प्रष्टयाएका थिए l सोही अवसरमा बिशेष सहयोग पुर्याएको भन्दै खोप गुरुङ, राम बस्नेत र राम लामा घलान लाई बिशेष सम्मान र साबित्रा गैरे र थमन रास्कोटिलाई सम्मान गरिएको थियो l

शुभकामना मन्तव्यको क्रमममा अधिवेशन सफलताको कामना गर्दै महामहिम राजदुत भन्डारी, एन आर एन ए कुवेतका अध्यक्ष सुजन केसि, पत्रकार खुम रायमाझी दलित एकता संजाल दिल , सरोकार समाजका अध्यक्ष राम ब. तामाङ समाजसेवि खोप गुरुङ, राम बस्नेत, झबिन्द्र बन्जाडे, सुमित्रा पौडेल लगायतले शुभकामना ब्यक्त गरेका थिए l

कार्यक्रममा गायक वसन्त परियार लोक गितले र साबित्रा गैरे र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका कलाकारहरुको नृत्यले सबैलाई मनोरञ्जन प्रदान गरेका थिएl

नयाँ कार्यसमिती यश प्रकार रहेको छ

अध्यक्ष -रमेश नेपाली पाल्पाली
प्रथम उपाध्यक्ष -नेत्रपेमी मगर
उपाध्यक्ष – सागर न्यौपाने
महिला उपाध्यक्ष -सान्ता भन्डारी
महासचिव – असोक ओस्ति
सचिव – बिष्णु प्रसाद पाण्डे
कोषध्यक्ष – थमन रास्कोटि
सह-कोषाध्यक्ष – साबित्रा गैरे
प्रबक्ता – दयानिधी काफ्ले
प्रमुख अभियान्ता – एच पि खत्री

सदस्यहरुमा

हरि गैरे, रमन नेपाली, बल बहादुर कुमाल, सुनिता परियार, जमुना गिरी, वसन्त परियार, हेमन्त बहादुर, नगरकोटी, गोबिन्द न्यौपाने, सन्तोष कुमार पुन, मित्र खत्री रिता ठकुरी,