भारत-पाक भिडन्त : पाँच भारतीय सेना, तीन पाकिस्तानी सेना मारिए

कश्मीर : कश्मीरको सीमाक्षेत्रमा गोलीबारी हुँदा तीनजना पाकिस्तानी सेना र पाँच भारतीय सेना मारिएका छन् ।

कश्मीरको विवादास्पद क्षेत्रमा दोहोरो गोली हानाहानमा यस्तो घटना भएको पास्तिानी सेनाले जनाएको छ । पाकिस्तानी सेना प्रवक्ता असिफ गाफुरले आफ्नो ट्वीटरमार्फत पनि यस्तो जानकारी दिएका छन् ।

उनका अनुसार भारतीय सुरक्षाफौजले लिपा उपत्याकास्थित पाकिस्तानी सेनालाई लक्षित गर्दै आक्रमण गरेको थियो । न्युज च्यानल एएनआईका अनुसार भारतीय सेनाले पाकिस्तानी सेनाको अभिव्यक्तिलाई अस्वीकार गरेको छ । भारतले कश्मीरको विशेषाधिकार खारेज गरेपछि नै पाकिस्तानसँग दुश्मनी झन् चर्किँदै गरेको छ । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ ।                   






Related Posts
  • चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान
  • मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना
  • ‘अख्तियारमा १५ ०० उजुरीको विस्तृत अनुसन्धान’
  • महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस