लोक रक ब्याण्ड‘ नेपथ्य ‘गुञ्जियो कतारमा

संवादादाता
परदेशी खबर/ अगस्ट १४, कतार । नेपालकै अग्रणी लोक रक ब्याण्ड नेपथ्यले कतारस्थित एसियन टाउन एम्फिथिएटरमा सोमबार बेलुकी भेला भएका हजारौ श्रोता दर्शकलाई फेरि एकपटक मन्त्रमूग्ध पार्न सफल भएको छ । नेपालकै अग्रणी लोक रक ब्याण्डले दोस्रो पटक कतारमा आफ्नो भव्य प्रस्तुती गरेकोे हो ।

ब्याण्ड पहिलो पटक पाँच वर्षअघि सोही स्टेजमा प्रस्तुत भएको थियो जुन कतारको इतिहासमै आज सम्म अरु कुनै नेपाली ब्यान्डको प्रस्तुती अयोजना भएको छैन।

कार्यक्रममा जसै नेपथ्य गाउन सुरुभएको थियो, उसैगरी दर्शकले पनि गाएरै साथ दिएका थिए ।

एकपछि अर्को प्रभावकारी गीतहरुको सूची सहित उपस्थित भएको नेपथ्यले कन्सर्टमा केहि नयाँ र केहि सर्वकालीक हिट यस्ता गीतहरु पनि प्रस्तुत गरेको थियो । चाहे त्यो नेपथ्यको भर्खरै भिडियाे तयार भएको ‘रातो र चन्द्र सूर्य’ होस् , केही समय अगाडिको गीत ‘पल्ला घरका बईका’ वा पुरानो गीत ‘आगनै भरि’, दर्शकले नेपथ्यको साथमा साथ मिलाएर गाएका थिए ।

यसरी विदेशिनेहरुले आफूसँगै आफ्नो भाषा, भेष र पहिचान बोकेर आउने गरेका छन् । यस्तोमा नेपाली लोकलयमा आधारित लोकप्रिय रक गीत बोकेर आउने नेपथ्यले परदेशमा आफ्नोपनको आत्मीयता बाँड्दै आएको छ ।

‘जतासुकै पुग्दा पनि नेपथ्यका श्रोताहरुबाट पाउने गरेको न्यानो मायाले हामीलाई छुन्छ,’ मुख्य गायक तथा अगुवा अमृत गुरुङले भने, ‘यस्तो मायाले संगीतको यात्रामा लागेर हामीले बिताएको २५ वर्ष सार्थक भएछ भन्ने लाग्नेगरेको छ ।’

दुईघन्टा बढी लामो प्रस्तुतीका बखत अमृतले विभिन्न भेगको यात्राका क्रममा भोगेका घटनाहरुको उल्लेख गरे । उनले आफूले देखेको नेपालका बारे अर्थ्याउँदै बारंबार नेपाली–नेपाली बीच एकताको आवश्यकता पनि औँल्याएका थिए । उनले नेपालीकै हातबाट राष्ट्रको पुननिर्माण हुनुपर्ने उल्लेख गर्दै यसका निम्ति मुलुकबाहिर बसेका नेपालीको पनि सहयोग खाँचो पर्ने बताए ।

कतारमा सम्पन्न कन्सर्टमा पनि अमृतलाई स्टेजमा सँधैझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए |

 






Related Posts
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • कुवेतबाट नेपाल प्रहरीलाई पत्र
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस