कतारमा नेपाली माथि सांघातिक आक्रमण हुँदा एक नेपालीको मृत्यु

 

परदेशी खबर / अगस्ट १४, कतार ।कतारको दोहास्थित जैदा पार्कमा नेपाली नागरिकमाथि सांघातिक हमला भएको छ। हमलामा एक नेपालीको मृत्यु भएको र अन्य पाँच घाइते भएको जनाएको छ।

दूतावासले घटनाको भोलिपल्ट बुधबार विज्ञप्ति जारी गरी मृतक सुनसरीका तवरेज अन्सारी भएको जनाएको छ। अन्सारीको शव अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि हमाद अस्पतालको शवगृहमा रहेको विज्ञप्तिमा छ।

दूतावासका अनुसार घाइतेमध्ये उमर अन्सारी गम्भीर अवस्थामा सोही अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको, इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त छन्। घाइते सबै सुनसरीका हुन्।

घटनामा संलग्न केहीलाई कतार प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ।






Related Posts
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा
  • ईनास कुवेतको वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • नेपाल मगर संघ युएईको सगौरव प्रस्तुति माघ्या सकराटी मेला-बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    थारु कल्याणकारिणी सभा यूएई द्वारा आयोजित माघी उत्सव भब्यरुपमा सम्पन्न

    नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न

    तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस