म्हेन्दोमाया साँझ कार्यक्रमको कलाकारहरु कतार प्रस्थान

खाडी मुलुक कतारमा रहेका तामाङहरुको साझा सस्था नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थपित म्हेन्दोमाया समाज कतारले यहि आउदै गरेको शुक्रबार हुने म्हेन्दोमाया साँझ कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित म्हेन्दोमाया गायक अशोक गोङबो तामाङ चर्चित म्हेन्दोमाया गयिका सीता लामा र चर्चित सेलो गायिका बबिता पाख्रीन तामाङ नेपाल एयरलाइन्सको जहाजबाट आज बेलुकी कतारी समय २:३० बजे कतारको हमाद इन्टरनेसनल एयरपोर्टमा आइपुगेको कार्यक्रमका आयोजक तथा समाजका अध्यक्ष प्रकाश तामाङले मुग्लानी खबरलाई जानकारी गराएका छन ।

बिगतका सालहरुमा जस्तै बृहत म्हेन्दोमाया समाज कतारको आयोजनामा साँस्कृतिक कार्यक्रम यही आउदो १६ अगष्ट २०१९ शुक्रबारका दिन दल्ला ड्राईभिङ स्कुल, सनैयामा चर्चित नेपालबाट आमन्त्रित कलाकारहरु र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ हुन गैरहेको छ साथै तामाङ जातिहरुको मौलिक रितिथिती पद्धति जीवन शैली बिबहा न्वारान जस्ता अवसरमा गरिने विभिन्न सास्कृतिक कृयाकलाप झाकी पुजाहरु समेत राखिनुका साथै कतारमा रहेका स्थानिय कलाकारको पनि बेजोड प्रस्तुती पनि रहने छ ।

विश्वभरीका जुन सुकै कुनामा र अवस्थामा रहे पनि तामाङ जातिको आफ्नो मौलिकता रहन सहन धर्म सस्कृती चाड भेषभुसा लोक सस्कृती,गीत सङ्गीत,पाहुना सत्कार,मातृ भाषा लगाएत आफ्नो पहिचानको संरक्षण सम्बर्द्धन गर्दै आएको देखिन्छ भने म्हेन्दोमाया समाज कतारले आफ्नो स्थापना कालदेखी नै बृहत् म्हेन्दोमाया सास्कृतिक धमाका साथ मनाउने गरिरहेको छ।आउदो १६ अगष्ट २०१९ शुक्रबारका दिन दल्ला ड्राईभिङ स्कुल, सनैयामा बिहान १० बजेदेखि सुरु हुने दोश्रो म्हेन्दोमाया साँझ कार्यक्रमको तयारि अन्तिम चरणमा पुगीसकेको र कतारमा कार्यरत सम्पुर्ण तामाङ तथा गैर तामाङ दाजुभाई दिदिबहिनिहरु उपस्थिति जनाई भरपुर मनोरंजन लिनुका साथै कार्यक्रम सफल पारिदिनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ। -मुग्लानी खबरबाट 






Related Posts
  • थारु कल्याणकारिणी सभा यूएई द्वारा आयोजित माघी उत्सव भब्यरुपमा सम्पन्न
  • त्रिशुली समाज युएईको सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा
  • गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीको पुर्जी
  • मगर संघ कुवेतको तेश्रो अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रुपमा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    थारु कल्याणकारिणी सभा यूएई द्वारा आयोजित माघी उत्सव भब्यरुपमा सम्पन्न

    नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न

    तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस