२५औ विश्व आदिवासी दिवस कार्यक्रम कतारमा भव्य रुपमा आज सम्पन्न

सम्वाददाता
अगस्ट १३, कतार । नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारको आयोजनामा २५ औ विश्व आदिवासी दिवस भव्य रुपमा मनाईएको छ ।
महासङ्घ कतारका अध्यक्ष शिवकुमार भुजेलको सभापतित्व र प्रमुख सल्लाहकार देवराज राईको प्रमुख आतिथ्यमा र विभिन्न १५ मातृ सस्थाहरु ,वैचारिक सस्थाहरु, गैर आवसिय नेपाली संघका राष्ट्रिय समन्वय परिषदका प्रथम उपाध्यक्ष र अन्तरराष्ट्रिय समन्वय परिषदका सदस्यहरु, जिल्ला सस्थाका अतिथिहरु र विभिन्न समाजसेवी तथा वुद्दिजिविहरु लगायत यसपल्ट पहिलो चोटी पाकिस्तान र बङ्गलादेस जस्ता अन्तरराष्ट्रिय समुदायको प्रतिनिधिहरुको पनि विशेष उपस्थिति रहेको थियो ।

नेपालबाट प्रमुख अतिथिको रुपमा विशेष परिस्थितिले महासंघका केन्द्रीय अध्यक्ष जगत वाराम उनुस्पथित रहे । कार्यक्रममा महासंघ कतारमा नेपाल प्रवासी दनुवार सङ्गठन कतार र ताजपुरिया समाज कल्याण परिषद कतारको पहिलो सहभागिता रहेको हुनाले केही खास थियो ।

महासंघका मातृ सस्थाहरुको तर्फबाट बिभिन्न सास्क्रीतिक झाँकी सहित मौलिक नृत्य प्रस्तुत गर्दै दर्सकलाई निकै रमाइलो प्रदान गरिएको थियो भने दोहामा स्थापित किरात मुल समारोह समितिका तिन किराति सस्थाहरु किरात याक्थुम चुम्लुङ कतार , किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारले हालै कियाचु कतारका सल्लाहकारको असामयिक निधनका कारण शोक प्रकट गर्दै कुनै पनि सास्कृतिक गतिविधि प्रस्तुत गरेनन । कार्यक्रममा विभिन्न अतिथिहरुले विश्व आदिवासी दिवसको अवसरमा शुभकामना दिदै गैर आवसीय नेपाली संघ कतारको चुनाव नजिकिँदै हुदा प्रत्यासीहरुले सहयोग र भोट सम्म पनि माग्न भ्याए ।

अन्तमा कार्यक्रमका सभापति द्वारा महासंघको प्रष्ट दृष्टिकोण राख्दै कार्यक्रमको दौरान भएँ उठेका जिज्ञासा र प्रस्नहरुलाई प्रस्ट्याउदै उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।






Related Posts
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • कुवेतबाट नेपाल प्रहरीलाई पत्र
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस