गण्डकी प्रदेशलाई हराउदै इन्डियन टिमले हात पार्यो भलिबल प्रतियोगिताको उपाधि

उक्त मैदानमा छेलो प्रतियोगीताको पनि आयोजना गरिएको थियो l


परदेशी खबर / अगष्ट १३, कुवेत l कुवेतको महाबुला स्थित खेल मैदानमा ११ अगष्ट देखि संचालन भएको खुला पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश टिमलाई हराउदै इन्डियन टिमले उपाधि हात पार्न सफल भएको छ l

‘इद अल अधा’ को शुभ अवसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिता कुवेतको महाबुला स्थित खेल मैदानमा भएको खुला पुरुष भलिबल प्रतियोगितामा इन्डियन टिमले गण्डकी प्रदेशलाई पराजित गरि प्रथम पुरस्कार नगद १०१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी गण्डकी प्रदेश ‘ए’ ले द्वितीय पुरस्कार नगद ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

गण्डकी प्रदेश ‘ए’ का खेलाडी दिपेन शारुमगरले उत्कृष्ट खेलाडी पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन । मोना कुवेतद्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । पहिलो चरणको खेलमा गण्डकी प्रदेश ‘ए’ ले मोना कुवेत ‘सि’ लाई पराजित गरेको थियो भने मोना कुवेत ‘बि’ ले नेपाल कुवेत सरोकार समाज कुवेतलाई पराजित गरेको थियो । मोना कुवेतले ‘ए’ ले मोना कुवेत ‘डी’ लाई सोझो सेटमा पराजित गरेको थियो । नवलपरासीलाई सोलबियाले पराजित गरेको थियो । बिजेपीलाई इन्डियनले सोझो सेटमा पराजित गरेको थियो । कल्याणकारी नेपाली युवा समाज नेपाल कुवेतले बागलुङ सेवा समाज कुवेतलाई पराजित गरेको थियो । तनहुँलाई नेपाल टिम महाबुलाले पराजित गरेको थियो भने गण्डकी प्रदेश ‘बि’ लाई सोइवाले पराजित गरेको थियो ।

त्यसैगरी क्वाटर फाइनलमा गण्डकी प्रदेश ‘ए’ ले मोना ‘बि’ लाई पराजित गरेको थियो । मोना कुवेत ‘ए’ ले सोलबियालाई पराजित गरेको थियो । इन्डियन टिमले कल्याणकारी नेपाली युवा समाज कुवेतलाई र नेपाल टिम महाबुलाले सोइवालाई पराजित गरेको थियो ।

सेमिफाइनल खेलमा इन्डियनले नेपाल टिम महाबुलालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । त्यसै गरि गण्डकी प्रदेश ‘ए’ ले मोना कुवेत ‘ए’ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । उक्त मैदानमा छेलो प्रतियोगीताको पनि आयोजना गरिएको थियो l छेलो प्रतियोगितामा दिपेन्द्र गौतम प्रथम भएका थिए भने रन रसाइली द्वितीय भएका थिए । छेलो प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई नगद र प्रमाणपत्र पुरस्कार दिइएको थियो भने मैदानमा उपस्थित केही संस्था र ब्याक्तित्वलाई समेत खादा लगाइ सम्मान पत्र सहित सम्मान गरिएको थियो।






Related Posts
  • सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक
  • राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा
  • कुवेतमा क्रीयाशिल तीन किराती संस्थाले संयुक्तरुपमा किरातीहरुको महान चाड उधौली मनाउने
  • भारत द्वारा लिपुलेक र लिम्पियाधुरा सिमा अतिक्रमण गरेकोमा जङगीए युवा
  • पछिल्ला सम्प्रेसणहरु

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

    दोहा कतारमा राष्ट्रिय किरात महान चाड उद्यौली –५०७९ डिसेम्बर २० मा हुने

    मध्यरातमा क्लबमा भेटिएका विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस