कुलमानको चमत्कार : विद्युत प्राधिकरण ७ अर्ब नाफामा, चुहावट १५ प्रतिशतमा झर्‍यो

साउन २८, काठमाण्डौ l नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ ।

सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५–७६ मा ७ अर्ब २० करोड नाफा भएको बताउनुभयो । आर्थिक वर्ष २०७४–७५ मा साढे २ अर्ब मात्र नाफा भएको थियो  । यो तुलना गर्दा २०७४–७५ मा भन्दा १४९ प्रतिशतले धेरै हो ।

यस्तै ब्याज र रोयल्टी गरी गएको आर्थिक वर्षमा प्राधिकरणले १५ अर्ब ५९ करोड रुपैयाँ राष्ट्रिय ढुकुटीमा जम्मा गरेको छ । यो समाचार आजको उज्यालो अनलाइनबाट प्रकाशित भएको हो l

यस्तै चुहावट पनि १५.३२% मा झरेको छ । यो अघिल्लो वर्ष भन्दा ५.१३ प्रतिशतले कमी हो । आव २०७४–७५ मा चुहावट २०.४५% रहेको थियो ।

यस्तै गत वर्ष ७ अर्ब ५५ करोड युनिट बिजुली खपत भएको छ  । यसमध्ये प्राधिकरणको ३४%,निजी उत्पादकको २९% र भारतबाट ३७ प्रतिशत आयात भएको छ ।
यस्तै अहिलेसम्म ७८% अर्थात ४५ लाख नागरिकको घरमा बिजुली पुगेको छ । गत वर्ष मात्रै १०% ग्राहक बढेका छन ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब प्राधिकरणमा धेरै सुधार भएको र अब पछाडि नजाने बताउनुभयो ।






Related Posts
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • कुवेतबाट नेपाल प्रहरीलाई पत्र
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस