आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

युएईमा २५ औं विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न

परदेशी खबर २७ श्रावण २०७६, सोमबार ०४:४९ मा प्रकाशित ( ४ साल अघि) ३३२ पाठक संख्या

मान सिङ गुरुङ /आगष्ट १२,युएई।”अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान,पहिचान सहितको संघीयताको लागि संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नारा सहित नेपाल आदिवासी जनजाति महासंघ युएई र महासंघमा आबद्ध ११ जातिय  संघसस्थाहरु तमु समाज युएई, नेपाल मगर संघ शाखा युएई, तामाङ समाज युएई, किरात राई यायोक्खा शाखा युएई, किरात याक्थुङ चुम्लुङ युएई,नेवा पुच: युएई, शेर्पा किदुग युएई, थारु कल्याणकारिणी सभा युएई, प्रवासी भुजेल समाज सेवा समिति युएई, प्रवासी नेपाली माझी समाज युएई,सुनुवार सेवा समाज युएई, सह-आयोजक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएई र नेपाल आदिवासी जनजाति कलाकार संघ युएईको संयुक्त आयोजनामा २५ औं विश्व आदिवासी दिवस ९ अगष्ट शुक्रबार  कार्ल्टन प्यालेस होटल देरा दुबईमा भव्यताका साथ सम्पन्न भएको छ ।

 नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी  शेर्पाको सभापतित्व, युएई स्थित नेपाली राजदुतावासका महामहिम  राजदूत कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यता, विशेष अथिती नेपाली राजदुतावास युएईका श्रम सहचारी भेष बहादुर थापा, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, आदिवासी जनजाति युवा महासंघका पुर्व उपाध्यक्ष मिना श्रेष्ठ, प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कंडेल, नेपाली जन प्रगतिशील मञ्च युएईका अध्यक्ष बाबुराम बि.क, नेफेसो युएईका अध्यक्ष बाबुराम लोप्चान, विश्व सहयोग संगठनका अध्यक्ष गोभिन्द ढकाल जनसम्पर्क समिति युएईका अध्यक्ष खेमराज बस्नेत, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष शशी सिलवाल,  नेफिन युएईका संरक्षक समिति सदस्य महेश मोक्तान, नेफिन युएईका संरक्षक समिति सदस्य प्रमोद श्रेष्ठ, नेफिन युएईका संस्थापक सदस्य तथा तमु समाज युएईका संरक्षक राजु गुरुङ, नेफिन युएईका संस्थापक कोषाध्यक्ष तथा किराया युएईका संरक्षक एवं संस्थापक अध्यक्ष कटक राई र नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष लक्ष्मण खना लगायत अतिथिमा युएईका क्रियाशील संघ संस्थाका प्रतिनिधिहरिको बाक्लो उपस्थिति रहेको थियो ।

 कार्यक्रम नेपाली राष्ट्रिय गीतकाे गुञ्जायमान संगै प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुद्वारा संयुक्त रुपमा दिप प्रज्वलन गरि उद्घाटन गरिएकाे थियाे।

औपचारिक कार्यक्रम संचालन नेफिन युएईका सचिव कुमार बलामीले गरेका थिए भने अनौपचारिक कार्यक्रम संचालन तमु समाज युएईका सांगी डोल्मा गुरुङ र थारु कल्याणकारिणी सभा युएईका केशव राज महतोले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य दिंदै  नेफिन युएईका उपाध्यक्ष एवं कार्यक्रम संयोजक बिजयलक्ष्मी राईले ११ जातीय भाषामा अबिवादनको सम्बोधन गर्दै संयुक्त रास्ट्र संघ  ( UNO) ले विश्व आदिवासी जनजातीहरुको सम्बन्धि देशको सरकारले गरेको उपेक्षा ,विभेद ,उत्पीडन बारे मुक्ति दिलाउने अध्ययन सन १९८२ मा भएको गठन र ११ औं बार्षिक अधिबेशन १९९३ मा भएको विश्व आदिवासी घोषणा पत्र जारि गरिएको र उप्रान्त विश्व सबै देशहरुमा अगस्ट ९ तारिखका दिन  विश्व आदिवासी दिवस मनाउन निर्णय गरिएको र प्रथम पटक १९९४ अगस्ट ९  मा स्विजल्याण्डको जेनिभामा मनाएको सोही  दिन बाट विश्व भरी रहेका देशहरुले विश्व आदिवासी दिवस मनाउनु पर्ने निर्देशन दिएको जानकारी गराउदै हामी नेपालको आदिवासी जनजातिहरु हौं  र हाम्रो देश को सरकारले हाम्रो भाषा धर्म संस्कार संस्कृति,स्वास्थ्य ,शिक्षामा खासै ध्यान नदिएको र अहिलेको लोक सेवा आयोगको परिक्षामा नेपालको संविधान २०७२ विरुद्ध आरक्ष र समानुपातिक सिद्धांत अन्तर्राष्ट्रिय मुदा समेत दयार गर्न सक्ने सरकारलाई ध्यानाकर्षण गराउने छौ भन्दै २५ औं विश्व आदिवासी दिवसको कार्यक्रममा उपस्थित पाहुनाहरुलाई  स्वागत गर्दै शुभकामना दिएका थिए।

कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि महामहिम राजदूत कृष्ण प्रसाद ढकाल , बिशेष अतिथि हामी नेपाली एशोसियशनका अध्यक्ष डा. दिनेश आचार्य लगायत नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले दिएका थियो भने शुभकामना मन्तव्य तथा औपचारिक कार्यक्रम समापन कार्यक्रमका सभापति पासाङ रिन्जी शेर्पाले गरेका थिए।

कार्यक्रममा महासंघ आबद्ध जातीय संघसंस्थाहरुले आ-आफ्नो जातीय भेषभुषा , झांकी , नृत्य, सांस्कृतिक नृत्य सहित आ-आफ्नो समुदायको पहिचान झल्काउने गरि विभिन्न कला र आफ्नो जातीय सामाग्रीहरुको स्टल प्रदर्शन गरेको थियो। कार्यक्रममा नेफिन युएई तथा समुदायको हितमा अनवरत रुपमा अतुलनीय योगदान दिएको भन्दै तमु समाज युएईका इन्द्र गुरुङ र पुर्णिमा गुरुङ,नेपाल मगर संघ शाखा युएईका राजु सिंजाली मगर र माया थापा मगर ,तामाङ समाज युएईका डिल्लीराम तामाङ र एभरिल तामाङ,किरात राई यायोक्खा युएईका कटक राई र भगवती चाम्लिङ राई , किरात याक्थुङ चुमलुङ युएईका दिपराज नेमोङहाङ र शर्मिला पन्दाक, नेवा पुच: युएईका हिरालाल श्रेष्ठ र कुमार बलामी,शेर्पा किदुग युएईका सोनाम शेर्पा र माया शेर्पा,थारु कल्याणकारिणी सभा युएईका धर्म राज महतो र जानकी महतो,प्रवासी भुजेल समाज सेवा समिति युएईका प्रेम घर्ती भुजेल र जुन माया भुजेल,सुनुवार सेवा समाज युएईका रुद्र बहादुर सुनुवार र राम कुमारी सुनुवार सम्मानित भएका छन भने कार्यक्रमलाई भव्य र सभ्य बनाउन साथ र सहयोगी भुमिका निभाउनु हुनेलाई प्रमाणपत्र तथा मायाको चिनोले सम्मान गरेको थियो ।

मिस्टर एण्ड मिस इन्डिजिनियसको उपाधी किरात राई यायोक्खा शाखा युएईका पदम खालिङ्ग राई र तामाङ समाज युएईका अञ्जुली लोप्चान तामाङले हात पारेको छ भने उत्कृष्ट झांकीमा शेर्पा किदुग युएई र उत्कृष्ट जातीय स्टलमा शेर्पा किदुग युएईले जित्न सफल भएको छ।प्रतियोगिताको निर्णयक भुमिकामा नेपाली समाजका अध्यक्ष सिपि सपकोटा,किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रकला साम्पाङ राई ,तामाङ समाज युएईका अध्यक्ष एवं नेफिन युएईका संरक्षक समिति सदस्य महेश मोक्तान,नेफिन युएईका संस्थापक सदस्य एवं तमु समाज युएईका संरक्षक राजु गुरुङ ,संघिय समाजका अध्यक्ष बाबुराम लोप्चान र आदिवासी जनजाति युवा महासंघका पुर्व अध्यक्ष मिना श्रेष्ठ रहेका थिए ।
उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युएईको गत जुलाई १९ तारीख शुक्रबार २०१९ महाधिवेशन निर्वाचन संयोजक डेरराज गुरुङको निर्वाचन समितिले युएई स्थित कञ्चनजंग रेष्टुरेन्टमा सम्पन्न गरिएको ७ औं महाअधिवेशनबाट महेश मोक्तानको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति चयन भएको घोषणा गरेको थियो ।

नयाँ कार्यसमितिमा अध्यक्ष महेश मोक्तान,वरिष्ठ उपाध्यक्षमा,वरिष्ठ उपाध्यक्षमा बिजयलक्ष्मी राई,उपाध्यक्ष यम घर्ती मगर,उपाध्यक्ष डि. बि. समर्पण मगर,महासचिवमा कुमार बलामी,सचिवमा भिम दोङ तामाङ,प्रबक्तामा फलेन्द्र बलाम्पाकी मगर,कोषाध्यक्षमा वाशुदेव चौधरी,सह-कोषाध्यक्षमा ज्ञान बहादुर तामाङ,महिला प्रमुखमा आङग माया शेर्पा र सदस्यहरुमा मनु गाहा मगर,सुनिल मान श्रेष्ठ,रबिन सुनुवार,पुर्ण बहादुर सुनुवार,धर्मराज महत्तो,खोर बहादुर महत्तो,खडक बहादुर भुजेल,उर्मिला भुजेल,डम्बर लिबाङ,दुर्यो धन राइ,प्रवीण गुरुङ,सांगी डोल्म गुरुङ र कमल लावती चयन भएको छ।
चयन भएका सम्पुर्ण पदाधिकारीहरु लाई पद तथा गोपिनियताको सपथ साथ प्रमाणपत्र सहित बधाई तथा शुभकामना दिएका थिए।