आरक्षण बचाउ आन्दोलनका लागि सिंहदरबार घेर्न गएका १९ जना पक्राउ

काठमाडौं– आरक्षण कायम गर्न माग गर्दै सिंहदरबार अगाडि (भद्रकाली) धर्नामा बसेका ११ जना आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन लगायत ११ जनालाई प्रहरीले धर्नास्थलबाट गाडीमा राखेर नजिकै रहेको महेन्द्र पुलिस क्लबमा पुर्र्याएको छ ।
मञ्चका अध्यक्ष लिङदेनले आफूलगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको फेसबुकमा लेखेका छन् ।

‘आरक्षण बचाऔ आन्दोनल’ले पूर्वघोषित कार्यक्रम अनुसार आइतबार सिंहदरबार धर्ना दिइएको हो ।
आगामी साउन २९ र ३० गते काठमाडौं उपत्यकामा प्रधानमन्त्री निवास र सबै प्रदेशमा मुख्यमन्त्री निवासमा धर्ना दिन कार्यक्रम छ ।

आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित लगायत समुदायले संयुक्त रुपमा सुरु गरेको यस आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै आएको छ ।
यसअघि राके जुलुस, सिठ्ठी जुलुस, प्रदर्शन र धर्नामा पनि प्रहरीले दमन गरेको थियो ।

लेकसेवा आयोगले संविधानमै भएको व्यवस्था विपरीत आरक्षण कोटा लागू नगरी स्थानीय तहमा ९ हजार १६१ जना कर्मचारी भर्नाको विज्ञापन निकालेपछि आन्दोलन थालिएको हो । साभारः सार्बजनिक डटकमबाट गरिएको हो






Related Posts
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • कुवेतबाट नेपाल प्रहरीलाई पत्र
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस