विभिन्न कार्ययोजनाका साथ एनसीसी कुवेतको समीक्षा बैठक सम्पन्न


परदेशी खबर / अगष्ट ११, कुवेत l गत अगष्ट २ तारिकमा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका छैठौं महाधिवेशन सम्पन्नता पछिको समिक्षा बैठक विभिन्न कार्ययोजनक साथ अध्यक्ष सुजन केसीको सभाध्यक्ष र ICC सदस्य अमित चाम्लिङको बिशेष उपस्थतीमा हिजो अगष्ट १० तारिक शुक्रबार मालिया स्थित एसिया होटलमा सांगठानिक आकारलाई अन्तिमरुप दिएर कार्य विभाजन र उपसमितिहरुको गठन गर्दै सम्पन्न भएको छl

कार्ययोजनामा एनसीसी कुवेतको दुई बर्षे कार्यकाल भित्रमा कुवेतमा कार्यरत नेपालीहरुकालागि श्रम सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु गर्ने साथै श्रमिकहरुका समस्याहरुलाई समेटेर श्रमिकहरुको आवाजलाई श्रम मन्त्रालयसम्म पुर्याउने, कुवेतमा रहेका नेपालहरुलाई समेटेर नेपालमा सामुहिक लगानी गर्ने, स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु गर्ने, नेपाली राजदुतवास र कुवेतमा क्रियाशील संघ संस्थाहरुसंग सहकार्य गर्दै नेपालमा भएका विविध संस्कृतिहरुलाइ सम्बर्द्धनका लागि विभिन्न प्रकारका कार्यक्रम गर्दै भिजिट नेपाल २०२०लाइ सफल पार्न टेवा पुर्याउने जस्ता महत्वकांक्षी कार्ययोजना एवं नेपालको दुर्गम भेगमा रहेकाहरुलाई शिक्षा र स्वास्थ्यलाइ मध्यनजर गरेर कार्ययोजना बनेको उक्त निर्णयलाइ बैठकमा सर्वसम्मत पारित गरिएको थियोl


सांगठानिक आकारलाई अन्तिमरुप दिदै बैठकले संरक्षकमा राजेन्द्र तामाङ, सुमित्रादेवी पौडेल र अर्जुन तामाङलाइ चयन गरेको छ भने सलाहकारहरु:- बरिष्ट सलाहकार शिबप्रसाद कोइराला र रामबहादुर लामा छन् भने सलाहकारमा जय बहादुर आले मगर, आनन्द आचार्य र नैनकला राईलाइ चयन गरेको छ l त्यसै गरि सम्झना गुरुङ, हर्कबहादुर गुरुङ र भुपेन्द्र सारुलाइ कार्यसमितिको सदस्यमा बैठकले मनोनित गरेको छl यसरीनै गणेशबहादुर रावतलाइ एनसीसी कुवेतको प्रवक्तामा र उपसमितिमा राहतकोष संयोजकमा हरि लावती, वैदेशिक रोजगार विभागको सयोजकमा उमेश पुडासैनी र सामुहिक लगानी कोषमा रणध्वज लामालाई उक्त बैठकले चयन गरेको छ l

एनसीसीको पहिलोपटक बसेको यसै बैठकमा निर्वाचन समितिले आर्थिक हिसाबकिताब र अघिल्लो कार्यसमितिको आर्थिक गतिबिधि र हिसाब किताबहरुको पनि नयाँ कार्यसमितिलाई पुर्णरुपमा हस्तान्तरण गरिएको थियो

 

 






Related Posts
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • आगामी डिसेम्बर १३ तारिख युएईमा संयुक्त रुपमा उधौली साकेला भब्य मनाउदै ।
  • कुवेतमा कार्यरत श्रमिकहरुका समस्याको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    प्रकाशको ‘स्याउ स्याउ नाना’ सार्वजनिक (भिडियो सहित)

    जापान जाने श्रमिक छनोटः सीप परीक्षामा सबै फेल

    नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस