मिस्टर एण्ड मिस इन्डिजिनियसको उपाधी पदम खालिङ राई र अञ्जुली तामाङलाई

मान सिङ गुरुङ /अगष्ट ११, युएई l “अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातीको अडान,पहिचान सहितको संघियताका लागी संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ युएई तथा महासंघ आबद्ध ११ जातिय संघसंस्थाहरु र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युएईको संयुक्त आयोजनामा २५ औं विश्व आदिवासी दिवस युएई स्थित कालर्टन प्यालेस होटल देरा दुबईमा भव्यता साथ सम्पन्न भएकोछ।

उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युएई द्वारा आयोजित मिस्टर एण्ड मिस इन्डिजिजियस -२०१९ किरात राई यायोक्खा शाखा युएईको प्रतिनिधित्व गर्दै पदम खालिङ राई भेषभुषा इन्डिजिनियस टाईटल र मिस्टर इन्डिजिनियस २०१९ को उपाधी जित्न सफल भएका छन् भने भेषभुषा इन्डिजिनियस र मिस इन्डिजिनियस २०१९ को तामाङ समाज युएईको प्रतिनिधित्व गर्दै अन्जली लोप्चन तामाङले जितिकी छिन ।

उक्त प्रतियोगिताको निर्णयक भुमिकामा नेपाली समाजका सिपी सापकोटा, नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष महेश मोक्तान, तमु समाज युएईका संरक्षक राजु गुरुङ, किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रा साम्पाङ राई र संघिय समाजका अध्यक्ष बाबुराम लोप्चन रहेका थिए ।

कार्यक्रममा आदिबासी जनजातिहरुको भेषभुषा प्रदर्शन,जातीय मौलिकता झल्किने स्टलहरु प्रदर्शन गरिएको थियो भने उक्त प्रतियोगितामा नेपाल आदिवासी जनजाति महासंघ युएई आबद्ध तमु समाज युएई, तामाङ समाज युएई, किरात राई यायोक्खा शाखा युएई, किरात याक्थुङ चुम्लुङ युएई, नेपाल मगर संघ शाखा युएई, शेर्पा किदुग युएई, नेवा पुच: युएई, थारु कल्याणकारिणी सभा युएई, प्रबासी भुजेल सेवा समाज युएई, प्रबासी नेपाली माझी समाज युएई,सुनुवार सेवा समाज युएईले सहभागीता जनाएको थियो।






Related Posts
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • कुवेतबाट नेपाल प्रहरीलाई पत्र
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस