त्रिशुली बस दुर्घटनाका ९ मृतकको शव भेटियो, २० अझै वेपत्ता

काठमाडौं, २५ साउन । शुक्रबार विहान २९ यात्रु बोकी सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस धादिङस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ ।

मृतकमध्ये ५ जनाको मात्रै सनाखत भएको छ । भारतीय नागरिक अजय दास, विजय कुर्मी, बसका कन्डक्टर ऋषि उप्रेतीको शव पहिचान भएको हो ।
मलंगवाबाट राजधानी काठमाडौं आउँदै गरेको ना६ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशुली नदीमा खसेको थियो ।

कृष्णभीरनजिक फेला परेका २ शव सर्लाहीको मलंगवा १ का ४० वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षीया निमाको भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका १६ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । सर्लाहीका भूपेन्द्रकुमार यादव, अनिस राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा र सञ्जय महतो छन् । जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर र भोगेन्द्र चौधरीको पनि जीवितै उद्धार गरिएको थियो ।

गोताखोरको प्रयोग गरी वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।






Related Posts
  • तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस