याक्खा समुदायको पहिलो म्यूजीक भीडीयो सार्वजनीक

अगष्ट १०l किरात जाती अन्तर्गत अल्पसंख्यक जातिको रूपमा रहेको याक्खा समुदायको पहिलो पटक एकै साथ ४ वटा याक्खा भाषाको गीतको म्युजिक भिडियो निर्माण भएको छ ।

उक्त म्यूजीक भिडियो हालसालै नेपाल र यू केमा एकैसाथ रीलिज गरिएको हो । किराँत याक्खा छुम्मा युके र युके निवासी याक्खाहरुको सहयोगमा उक्त म्युजिक भिडियो निर्माण गरिएको हो । याक्खा पालाम शब्द आइतराज याक्खा, स्वर आइतराज याक्खा र मनु नेम्बाङ,सङ्गीत टेकेन्द्र यक्सो , कानिङ याक्खाबा” ,शब्द सङ्गीत अजय याक्खा, स्वर मिना राई, माङ्चुवा छेम्ना ”शब्द आइतराज याक्खा, स्वर ललित जिमि,संगीत खगेन्द्र यक्सोको रहेको छ भने खिङ्ग उचुना वेन्वे एङ्गा तेन्वे , शब्द लालमाया याक्खा, सँगित अजय र स्वर यासिमा याक्खा र राजेन्द« जीमीको रहेको छ

उक्त म्युजिक भिडियोको छायांकन धनकुटा र सङ्खुवासभाका विभिन्न याक्खा बस्तिमा गरिएको छ । सम्पुर्ण गीतहरुमा याक्खा जातिको भाषा , सस्कार, सँस्कृती, भुमीको गुणगान साथै सँरक्षण र सम्वर्धनमा जोड दिएको छ । बिष्णुदेव कोङ्ग्रेनको प्रस्तुती रहेको म्युजिक भिडियो निर्माणको सम्योजन प्रेम जिमिले गर्नुभएको छ भने म्युजिक भिडियोको निर्देशन जोगमाया लुम्बाले गर्नुभएको छ । यसभन्दा अधि नेपाली चलचित्र जीवन काँडा कि फुल, मिराज र गोल मा अभिनय गरिसक्नु भएको छ भने विभिन्न सचेतनामुलक सन्देशहरुको निर्देशन समेत गरिसक्नुभएको छ । वहाँ लामो समय देखि सञ्चारकर्मि पनि हुनुहुन्छ । ऊक्त भिडीयो निरेम प्रोडक्सनको यू टुब च्यानलमा हेर्न सक्नुहुनेछl

भिडियो हेर्नलाई तलको लिंक थिच्नुहोस् 






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    लोकसेवाले माग्यो १०९६ अधिकृत

    साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

    नेपाली दूतावास कुवेत र म्यानपावरको लापरबाहिका काराण पिडित २१ जना कामदार कालो सुचिमा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस