कुवेतमा पनि २५औं विश्व आदिवासी दिवस मनाए (फोटो फिचरसहित)

परदेशी खबर / १० अगष्त , कुवेत । हिजो अगष्ट ९ तारिकका दिन नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाको बिशेष आवहान तथा कुवेतमा क्रियाशील सम्पूर्ण जातीय संस्थाको सयुंक्त आयोजनामा २५औं विश्व आदिवासी दिवस मनाइएको थियो l
“विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस्” भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले यो दिवस प्रत्येक वर्ष भव्यताका मनाउदै आइरहेका छन् । यसैलाई निरन्तता दिदै हिजो ९ अगष्त शुक्रबारका दिन विविध जातीय पहिचान झल्किने गीत, नृत्य, झाँकी र अन्य मनोरन्जात्मक साँस्कृतिक प्रस्तुतिहरुको साथमा कुवेतको फर्वानिय स्थित युनिक अडिटोरियम हलमा नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाको अध्यक्ष अमृत तमाङको सभापतित्वमा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी, विशेष अतिथि एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, एनआरएनए आइसीसी सदस्य अमित राई, समाजसेवी महासंघ कुवेतका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार राजेन्द्र तामाङको उपस्थितिमा गरिएको उक्त कार्यक्रमलाई महासंघका सचिव दिल कुमार पाख्रिनले सञ्चालन गरेका थिए भने कार्यक्रमको संम्योजक बल बहादुर काम्बाङले स्वागत मन्तव्य द्वारा उपस्थितलाई स्वागत गरेका थिए।


सातैवाट जनजाती संस्था लगायत कुवेतमा क्रियाशिल संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, कलाकार, पत्रकार लगायत आदिवासी जनजातीको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमलाइ औपचारिक रुपमा अगाडी बढाउनको लागि सभापति, प्रमुख अतिथी र विशेष अतिथिहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । त्यसैगरी कार्यक्रम लाई नेपाली राष्ट्रिय गीत र आदिवासी जनजाति गीत द्वारा राष्ट्रिय स्वाभिमान पस्चात कार्यक्रमलाई मुर्त रुप दिईएको थियो ।

२५औं विश्व आदिवासी दिवसको शुभकामना दिदै प्राय बक्ताहरुले बर्तमान अवस्थामा आदिवासीहरुलाइ राज्यले गरेको व्यवहार प्रति असन्तुष्टि जनाउदै आदिवासीहरुको अन्तरिम संविधानले दिएको हकअधिकार पनि खोसेर हक अधिकार बिहिन बनाइएकोले पूर्ण अधिकार प्राप्तिको लागि यो बर्षको २५औं विश्व आदिवासी दिवस आन्दोलन स्वरूप मनाउना बाध्य भएको तर्क गर्दै राज्यले बेवास्ता गरेमा आदिवासीहरु अब कडा रुपमा उत्रिने बताए l


आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन लागि परेको हामी एउटै समाजमा बसेर सँगै हुर्केको कुनै पनि ब्राम्हण, क्षेत्रीय तथा अन्य जात या धर्मको बिरोधी नभई मात्र जातीवादको बिरोधी भएको बताउँदै महासंघका सल्लाकार मनु भुजेल मगर,सल्लाकार खोप गुरुङ,तमू प्ये ल्हु सँघ कुवेत शाखाका अध्यक्ष उमा तमुस्यो, नेपाल पत्रकार महासँघ कुवेतका सद्स्य पत्रकार नैना कला राई,अन्तराष्ट्रिय नेपाली समाज कुवेतका अध्यक्ष निर्मल स्याङतान, एनआरएनए आइसीसी अमित राई, एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारी, लगयतले २५औं विश्व आदिवासी दिवसको शुभकामना मन्तव्य दिएका थिए।

कुवेतलाई कर्मथलो बनाएर बसेका विभिन्न जातजाति संस्था तामाङ घेदुङ कुवेत , मगर संघ कुवेत, किरात राई यायोक्खा शाखा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत, तमु प्ये ल्हु संघ कुवेत, सुनुवार सेवा समाज कुवेत,तमू समाज कुवेत,लगायतले आफ्नो भेषभुषा र संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्दै विभिन्न झाँकी नृत्य प्रस्तुत गरेका थिए l


कार्यक्रमको समापन गर्दै अध्यक्ष अमृत तमाङले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी हातहरु, नेपाली राजदुतावास, कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार, खेलाडी तथा कलाकारहरु सबैलाई विशेष धन्यवाद दिएका थिए ।

Photo by Suresh Gurung

 






Related Posts
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • कुवेतबाट नेपाल प्रहरीलाई पत्र
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस