आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

१० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने योगेशको घोषणा

परदेशी खबर २३ श्रावण २०७६, बिहीबार ११:३७ मा प्रकाशित ( ४ साल अघि) १०४ पाठक संख्या

बुटवल :  संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले १० लाख जनता उतारेर निजगढ विमानस्थल  शिलान्यास गर्ने बताएका छन्। मन्त्री बनेपछि पहिलोपटक बुटवल आएका भट्टराईले यस्तो बताएका हुन्। 

‘विकास भनेको उत्सव हो, त्यहाको जंगल भरिने गरी १० लाख मान्छे उतारेर विमानस्थल शिलान्यास हुन्छ’, उनले भने। उनले बुटवल उपमहानगरका मेयरलाई बसका बस नागरिक लान तयार भएर बस्नसमेत आग्रह गरे। मन्त्री भट्टराईले लुम्बिनीको बृहत्तर गुरुयोजना निर्माण गरेर तिलौराकोट, रामग्राम र देवदहको विकास गरिने बताए। 

कम्तिमा घुम्न आएको पर्यटक तीन दिन बस्ने र अध्ययन गर्ने पर्यटक तीन महिना बस्ने वातावरण बनाइने जिकिर उनको छ। फरक प्रसंगमा मन्त्री भट्टराईले सरकारले अब रफ्तार लिने दाबी गरे। ‘सरकारले ढिलो गति भएपछि दिशा सहि लिएको छ, अब रफ्तारमा अघि बढ्छ’, उनले भने। 

साढे तीन वर्षपछि हुने चुनावमा जनतासँग गरिएका प्रतिवद्धता पूरा गरेर मात्रै भोट माग्न जाने उनले बताए। लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले  लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, सैनामैना अवलोकन गरी कोषको बैठकमा सहभागीता जनाएका छन्। यो खबर अन्नपूर्ण                 पोस्टले प्रकाशित गरेको छ ।