आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024
FLASH NEWS

सुरेन्द्र तामाङको संयोजकमा युएईबाट दुबै मृगौला पीडित अन्जना तामाङको लागि आर्थिक सहयोग

परदेशी खबर २३ श्रावण २०७६, बिहीबार १०:४८ मा प्रकाशित ( ४ साल अघि) ५७० पाठक संख्या


मान सिङ गुरुङ /अगष्ट ८,युएई l सुरेन्द्र तामाङको संयोजकमा युएईबाट दुबै मृगौला पीडित ११ बर्षिय अन्जना तामाङको उपचार्थ रकम युएई दिराम २७५५/- (दुई हजार सात सय पच्पन्न दिराम) अर्थात नेपाली रुपैयाँ ८४,२२७/- (चौरासी हजार दुई सय सत्ताइस रुपैयाँ) आर्थिक सहयोग गरेको छ l

प्रदेश नं.३ जनकपुर अञ्चल,रामेछाप जिल्ला,रामेछाप नगरपालिका वडा नं.६ स्थायी घर भएका हाल ललितपुर जावलाखेलमा डेरा गरि बस्ने बुबा होम बहादुर तामाङ र आमा मिना तामाङका ११ बर्षिय छोरी अन्जना तामाङको बिगत केही बर्ष देखि दुबै मृगौलाले काम नगर्ने भइ अन्जना तामाङको उपचार पीडितका बाबू होम बहादुर तामाङ्ले पाटन अस्पतालमा उपचार गराएका थिए र थप उपचारको लागी वीर अस्पताल पुर्‍याएका थिए। त्यसपछि बच्चाको लागि कान्ति बाल अस्पताल राम्रो हुन्छ भन्ने सल्लाह अनुसार हाल मृगौला पीडितको कान्ति बाल अस्पतालमा उपचार भइ रहेको छ । तर उपचारको क्रममा भएको रकम पनि सकिए पछी पीडितका बाबू होम बहादुर तामाङ पिडामा परेका थिए । बाबू र आमाले जसोतसो उपचार गराइ रहेका अन्जना तामाङलाई केही महिना यता उपचार गर्ने रकम आभावका कारण उपचारमा कठिनाइ भएको र उनको अवस्था नजुक भएको कारणले मृगौला पीडितका बाबू होम बहादुर तामाङ र पीडितका आमा मिना तामाङले देश विदेशमा रहेका संघ संस्था तथा सहयोगी मनका धनीहरुसंग आर्थिक सहयोगको अपिल गरेको छ।

दुबै मृगौला पीडित अन्जना तामाङको उपचार्थ आबुधाबी युएईमा कार्यरत कुशल समाजसेवी सुरेन्द्र तामाङको संयोजकमा युएई स्थित आबुधाबी हब्शान र ट्वान्टी मिलमा कार्यरत साथी भाइहरु संग रकम संकलन गरि अन्जना तामाङको लागि संकलित आर्थिक सहयोग रकम मृगौला पीडितका बाबु होम बहादुर तामाङको नाममा रहेको मेघा बैंक जावलाखेल ललितपुरको खाता नं.००७००५०१९९९७८ मा जम्मा गरेको संयोजक सुरेन्द्र तामाङले बताएका छन् साथै सम्पुर्ण देश विदेशमा रहेका संघसंस्था तथा सहयोगी मनकाधनीहरुलाई सहायोगको लागि अनुरोध समेत गर्नु भएको छ।