कुवेतमा सवारी दुर्घटनामा २ जना नेपालीको मृत्यु

मृतकहरु

परदेशी खबर/ अगष्ट ७, कुवेतमा। कुवेतमा आज बिहान करिब १० बजे काम सकेर कोठामा फर्किने क्रममा सडक दुर्घटनामा परी २ जना नेपालीहरूकाे मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा कुवेतको प्रतिष्ठित कम्पनी केजिएल(KGL) मा कार्यरत काभ्रेका गोकर्ण घिमिरे तथा दाङका शेर बहादुर मल्ल रहेका छन् उनिहरु सन २०११ देखि कुवेतमा कार्यरत दुबै जना मृतकहरु उक्त कम्पनीमा सवारी चालकका रुपमा कार्यरत थिए।मृतक दुवैजना कम्पनिको काम सकेर कुवेतको फाहाहिलबाट बस्ने ठाउँ फर्वानिया फर्किने क्रममा रोड नं-५१ मा मृतकहरु चढेको सवारी साधनको चक्का पड्किएर ईमर्जेन्सी लेनमा सवारी साधन पार्क गरि बाहिर निसक्ने क्रममा अर्को तर्फवाट आएको ठूलो गाडीले उनिहरुलाइ लतारेको थियो।

उक्त दुर्घटनामा काभ्रेका गोकर्ण घिमिरेको घटना स्थलमै तथा दाङका शेरबहादुर मल्लको फर्वानिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारि उक्त कम्पनीमा कार्यरत मृतकहरुका साथी मोहन पौडेल दिएका हुन,। उक्त दुर्घटनामा सामान्य घाइते भएका भिमबहादुर तामाङलाइ अस्पताल पुर्याइएकोमा उनलाइ अस्पतालले डिस्चार्ज गरि सकेको छ भने दुर्घटनाका समयमा अर्को साइडबाट हामफालेका जंगिलाल चौधरी भने सकुशल रहेका छन।

घटनाको बारेमा नेपाली राज दूततावास कुवेतका प्रतिनिधि फर्वानिया अस्पताल पुगेर सम्पुर्ण जानकारी लिदै नेपाली दूतावास कुवेतकी द्वित्तीय सचिव जानकी ओझाले भनिन” मृतकहरुको शब पठाउने तथा दुर्घटना बिमा लगायत अन्य कानुनी प्रकृयाको लागि दूतावासले भोलि देखि नै काम शुरू गर्ने छ।

पत्रकार हरि कृष्ण न्यौपानेको सहयोगमा तयार पारिएको समचार






Related Posts
  • २५ गते नेपाल चिनियाँ राष्ट्रपति सी आउने पक्का
  • बेकारको वार्ता अमेरिकासँग अब हुँदैन : उत्तर कोरिया
  • दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय
  • म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतद्वारा ८ जना पीडितहरुलाई आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    जापानमा आँधीले २५ को मृत्यु

    दाइजो नल्याएकाे भन्दै भारतमा नेपाली युवतीको हत्या

    अन्तर्राष्ट्रिय झापाली समाज’को अध्यक्षमा छत्र सुब्बा निर्वाचित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस