आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

स्थानीय अनलाइनमा प्रकाशित गलत फोटो राखिएको समाचारप्रति मिडिया प्रतिनीधिले मागे माफी

परदेशी खबर २२ श्रावण २०७६, बुधबार १५:४५ मा प्रकाशित ( ४ साल अघि) १७० पाठक संख्या


परदेशी खबर / अगष्ट ७, कुवेत l स्थानीय अनलाइनमा प्रकाशित गल्तीले अर्कैको फोटो राखिएको समाचारप्रति मिडिया प्रतिनीधिले माफी मागेका छन् l

घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं. ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको अगष्ट ५ तारिक बिहान सबेरै उनी बस्दै आएको फर्वानिया स्थित कोठामा मृत भेटिएको  खबर प्रकाशित भएको थियो ।

मृतक नेपाली चेली सम्बन्धि समाचार प्रति कुवेत स्थित नेपाली अनलाइन मिडियामा मृतक महिलाको फोटो पोष्ट गर्न जादा गल्तीलेअर्कै महिलाको फोटो पोष्ट गरिएको प्रमाणित भएको छ।

उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछी पीडित महिलाले आफ्नो चरित्र हत्या गरिएको र आत्मसम्मानमा चोट पुगेको भन्दै दुखेसो व्यक्त गरेपछि कुवेतमा क्रियासिल पत्रकारहरुले गल्ति भएको स्वीकार्दै पत्रकारहरुको एक समुह तत्काल उनलाई भेट्न उनी कार्यरत स्थलमै पुगेर माफी मागेको छ भने अब आगामी दिनहरूमा सो गल्ती नदोहोर्याउन पिडितले अनुरोध गरेकी छिन। पिडितले हाल सम्म आफ्ना तस्वीर जो कोहिबाट सार्वजनिक गरीएको भए पनि उक्त तस्वीरलाई हटाईदिन अनुरोध गरेकी छन्।