चीन बोल्यो कश्मीर विवादबारे : लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य छैन

बेइजिङ्ग , २२ साउन ।जम्मु कश्मीरबाट धारा ३७० हटाएर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चीनले विरोध गरेको छ। लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य नहुने उसको भनाइ छ।

भारतले आफ्नो आन्तरिक मामिलामा नबोल्न चीनलाई सचेत गराएको छ। अरूको आन्तरिक मामिलामा आफू पनि नबोलेको र आफ्नोमा पनि नबोल्न उसले भनेको छ।

चिनियाँ समाचार पत्र ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘भारत सरकारले चिनियाँ क्षेत्र आफ्नो राज्यमा सामेल गरेको छ। यसको हामी विरोध गर्छौं। भारतीय कदमबाट चीनको क्षेत्रीय अखण्डता र सम्प्रभुता उल्लंघन भएको छ। यो अस्वीकार्य छ।’ जम्मु कश्मीरको भूभाग हाल भारत, पाकिस्तान र चीनको अधीनमा छ।

चिनियाँ भनाइको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले जम्मु कश्मीर भारतको आन्तरिक मामिला भएकाले यसबारे चीनको भनाइको अर्थ नभएको बताए।

उनले भने, ‘भारत–चीन सीमा विवादमा दुवैले निष्पक्ष, व्यावहारिक र पारस्परिक स्वीकार्य समाधान गर्ने सहमति गरिसकेका छौं।’

लद्दाखको कतिपय क्षेत्रमा भारत र चीनले आ–आफ्नो भूमि भएको दाबी गर्ने गरेका छन्। एजेन्सी






Related Posts
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जना मृत्यु युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जना मृत्यु
  • एमसीसीबारे नेकपा सचिवालय बैठक,सम्झौता अनुमोदन नभएसम्म काम रोक्ने सहमति
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट २७ हजार ७६२ सङ्क्रमित, ७१९ नयाँ संक्रमित, सात ८ जनाको मृत्‍यु (अपडेट)

    थप २२६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १७ सय ९८ पुग्यो

    एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस