प्रधानमन्त्री रोजगार कार्यक्रम : एक महिनामै फेरि बेरोजगार

दाङ, २२ साउन । सरकारले बेरोजगारलाई लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्यायो । सबै स्थानीय तहमा आर्थिक वर्ष सकिनै लाग्दा बजेट आएको थियो । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

हतारमा निवेदन माग गरियो, हतारमै कामदार छनोट भए । हरेकले कम्तीमा आधा दिनदेखि बढीमा एक महिनाको काम पाए ।

बबई गाउँपालिका–५, हापुरेकी मनकुमारी खडकाले एक महिनासम्म बिरुवा रोप्ने, ढुंगा सोलिङ गर्ने, सडकमा माटो भर्नेजस्ता काम गरिन् ।

‘एक महिनाको १५ हजार रुपैयाँभन्दा बढी बुझ्दा धेरै राहत मिलेको थियो, अहिले फेरि खाली भइयो,’ उनले भनिन् । खडका फेरि कार्यक्रम कहिले आउला भनी पर्खाइमा छिन् ।

घोराही उपमहानगरपालिका–१४, नयाँ बजारका कुमबहादुर पुन पनि एक महिना जागिरे भए । एसएलसीसम्म पढेकाले उनले अन्य कामदारको नेतृत्व गरे ।

अरूले सरसफाइ गर्ने, छाडा गाईगोरु धपाउनेजस्ता काम गरे । अहिले सबै जना उनीजस्तै खाली छन् । ‘एक महिनामै जागिर सकिएपछि फेरि पहिलेजस्तै अवस्था भइसक्यो,’ पुनले भने, ‘यसरी भएन । निरन्तर काम पाउनुपर्‍यो ।’

उपमहानगरका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक शरद पाण्डेलाई पनि निरन्तर फोन आइरहन्छ । ‘सबै एकसाथ बेरोजगार भएपछि काम कहिले पाइन्छ भनेर सोधिरहन्छन्, हामी भारततिर जाऊँ कि फेरि काम पाइन्छ भन्छन्,’ उनले भने, ‘निरन्तर रोजगारी नहुँदा हामीलाई जवाफ दिन समस्या भएको छ ।’

पाण्डेका अनुसार कार्यक्रमअन्तर्गत ६ देखि बढीमा ३३ दिनसम्म रोजगारी दिइएको थियो । सामान्य मजदुरले प्रतिदिन ५ सय १७ रुपैयाँ र मिस्त्रीले ८ सय १० रुपैयाँसम्म पाए ।

कामदारले सरसफाइ, वृक्षरोपण, बाटो बनाउने, डयाम बनाउने, छाडा गाईगोरु धपाउने, कुवा खन्ने, कल्भर्ट बनाउनेजस्ता काम गरेका छन् ।

एक करोड रुपैया बजेट आएकामा २३ लाख ७६ हजार फ्रिज भएको पाण्डेले बताए । ‘वडा ७, ८ र ९ मा प्राविधिकले समयमा स्टिमेट नबनाउँदा काम हुन सकेन,’ उनले भने ।






Related Posts
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • आगामी डिसेम्बर १३ तारिख युएईमा संयुक्त रुपमा उधौली साकेला भब्य मनाउदै ।
  • कुवेतमा कार्यरत श्रमिकहरुका समस्याको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ८औं अधिवेशन तथा वार्षिक उत्सव आगामि २० डिसेम्बरमा हुने
  • पछिल्ला सम्प्रेसणहरु

    प्रकाशको ‘स्याउ स्याउ नाना’ सार्वजनिक (भिडियो सहित)

    जापान जाने श्रमिक छनोटः सीप परीक्षामा सबै फेल

    नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस