भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

 

काठमाडौं :  भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्।

उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सीमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको स्रोतलाई उद्‍धृत गर्दै वायरले जनाएको छ। 

उनको मृत्यु हृदयाघातका कारण भएको टाइम्स अफ इन्डियाले जनाएको छ। 

सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनाव लडेकी थिइनन्। 

अहिले अस्पतालमा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित वरिष्ठ मन्त्रीहरू र भाजपासहित अन्य दलका नेताहरू पुगेका छन्। 

२६ मे, २०१४ देखि पाँच वर्ष उनी भरातको विदेश मन्त्री रहिन्। इन्दिरा गान्धीपछि यो जिम्मेवारी सम्हाल्ने उनी दोस्रो भारतीय महिला हुन्। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ ।  

  






Related Posts
  • नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न
  • कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)
  • कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’
  • प्रकाशको ‘स्याउ स्याउ नाना’ सार्वजनिक (भिडियो सहित)
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस