नेपाल प्रवासी आदिवासी जनजाती महासङ्घ कतारले २५औँ विश्व आदिवासी दिवस १३ अगष्टमा मनाउने

परदेशी खबर / अगष्ट ६, कुवेत l नेपाल प्रवासी आदिवासी जनजाती महासङ्घ कतारले २५ औ विश्व आदिवासी दिवस १३ अगष्ट २०१९ शुक्रबारको भव्यरुपमा मनाउने भएको छ l

उक्त कार्यक्रम महासङ्घका केन्द्रीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यमा आगामी इदको तेश्रो दिन दोहा स्थित डल्ला ड्राईभिङ्ग एकेडेमीको हलमा विभिद संस्कृतिक झाँकी सहित विभिन्न संघ संस्थाहरुको उपस्थितिमा भव्यताका साथ मनाउने भएको हो ।

महासंघ कतारले स्थापनाकाल देखी नै यहाँ स्थित बिभिन्न मातृ संस्थाहरु लगायत अन्य जातीय संस्थाहरुसंग सहकार्य गर्दै विभिन्न सामाजिक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ भने यस बर्ष “पहिचान सहितको संघियता र स्वायत्तताका लागि संबिधान संसोधन हाम्रो साझा अभियान, २५ औँ आदिवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशिताका लागि हाम्रो आन्दोलान” भन्ने नारा बोकेर नेपाल प्रवासी आदिवासी जनजाती महासङ्घ कतारले २५ औ विश्व आदिवासी दिवस १४ अगष्ट २०१९ शुक्रबारको भव्यरुपमा मनाउने जानकारी प्राप्त भएको छ l

कार्यक्रमको विवरण :
मिति : १३ अगष्ट २०१९
स्थान : डल्ला ड्राईभिङ्ग एकेडेमीको हल कतार
समय : दिनको ठिक १० बजे देखि
आयोजक : नेपाल प्रवासी आदिवासी जनजाती महासङ्घ कतार






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस