कुवेतमा नेपाली महिला कामदारको निधन, हत्या भएको आशंका

परदेशी खबर / अगस्ट ५, कुवेत वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्न आएकी एक जना नेपाली महिलाको निधन भएको छ । उनको विदेशी नागरिकले हत्या गरेको आशंका गरिएको छ ।

घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं. ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको आज बिहान सबेरै उनी बस्दै आएको फरवानिया स्थित कोठामा निधन भएको हो ।

कुवेतको सिभिल आइडी नं. 278041806939 भएकी र घरेलु कामदार भए पनि मिना फरवानिया ब्लक -३ स्थित आवासीय अपार्टमेन्टमा बंगलादेशी नागरिकसँग बस्दै आएकी थिइन् । प्राप्त जानकारी अनुसार उनी सँगै बस्ने बंगलादेशी नागरिक फरार छन् भने फ्ल्याट धनीले प्रहरीलाइ खबर गरेपछि प्रहरीले मृतकको शरीर पोष्टमार्टम लगायतका फरेन्सिक परिक्षणको लागि लगिसकेको छ ।

घटनाको सम्बन्धमा नेपाली राजदूतावास कुवेतमा सम्पर्क गर्दा द्वित्तिय मृत्युको सम्बन्धमा प्रारम्भिक जानकारी पाएको हत्या वा मृत्यु के हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै कानूनी प्रकृया पश्चात पोष्टमार्टम रिपोर्ट र फरेन्सिक रिपोर्ट प्राप्त भएपछि जानकारी हुने बताएका छन । सम्पुर्ण कागजात प्राप्त भएपछि मृतकको नेपालको घर ठेगाना पत्ता लगाइ जति सक्दो छिटो प्रकृया पुरा गरी शव नेपाल पठाउने जानकारी दिएको छ् ।

पत्रकार आनन्द आचार्यको सहयोगमा 






Related Posts
  • २५ गते नेपाल चिनियाँ राष्ट्रपति सी आउने पक्का
  • बेकारको वार्ता अमेरिकासँग अब हुँदैन : उत्तर कोरिया
  • दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय
  • म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतद्वारा ८ जना पीडितहरुलाई आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    जापानमा आँधीले २५ को मृत्यु

    दाइजो नल्याएकाे भन्दै भारतमा नेपाली युवतीको हत्या

    अन्तर्राष्ट्रिय झापाली समाज’को अध्यक्षमा छत्र सुब्बा निर्वाचित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस