कुवेतमा नेपाली महिला घरेलु कामदारको मृत्यु, विदेशी नागरिकले हत्या गरेको आशंका

वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्न आएकी एक जना नेपाली महिलाको मृत्यु भएको छ । घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं. ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको आज बिहान सबेरै उनी बस्दै आएको फरवानिया स्थित कोठामा मृत्यु भएको हो । उनको विदेशी नागरिकले हत्या गरेको आशंका गरिएको छ ।

कुवेतको सिभिल आइडी नं. 278041806939 भएकी र घरेलु कामदार भए पनि मिना फरवानिया ब्लक -३ स्थित आवासीय अपार्टमेन्टमा बंगलादेशी नागरिकसँग बस्दै आएकी थिइन् । प्राप्त जानकारी अनुसार उनी सँगै बस्ने बंगलादेशी नागरिक फरार छन् भने फ्ल्याट धनीले प्रहरीलाइ खबर गरेपछि प्रहरीले मृतकको शरीर पोष्टमार्टम लगायतका फरेन्सिक परिक्षणको लागि लगिसकेको छ ।

घटनाको सम्बन्धमा नेपाली राजदूतावास कुवेतमा सम्पर्क गर्दा द्वित्तिय सचिव जानकी ओझाले मृत्युको सम्बन्धमा प्रारम्भिक जानकारी पाएको बताउँदै हत्या वा मृत्यु के हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै कानूनी प्रकृया पश्चात पोष्टमार्टम रिपोर्ट र फरेन्सिक रिपोर्ट प्राप्त भएपछि जानकारी हुने बताउँदै सम्पुर्ण कागजात प्राप्त भएपछि मृतकको नेपालको घर ठेगाना पत्ता लगाइ जति सक्दो छिटो प्रकृया पुरा गरी शब नेपाल पठाउने बताइन् ।

समरंण रहोस, २ दिन अगाडि मात्रै पनि मंगाफमा एक जना नेपाली पुरूष कामदारको मृत्यु भएको थियो ।






Related Posts
  • मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्
  • थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क
  • १२अाैं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनबाट पुन: अध्यक्षमा सञ्जिव वाईवा चयन
  • कङ्गोमा भयानक रेल दुर्घटना : ५० को मृत्यु, धेरै घाइते
  • पछिल्ला सम्प्रेसणहरु

    विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

    नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

    मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस