जाम्बुलीङ इन्टरनेशल अवार्ड २०१९ को लागि नोमिनेट कलाकारहरु थाइलैण्ड प्रस्थान

काठमाडौं,२१ साउन– “पुरानोलाई सम्मान, नयाँलाई प्रोत्साहन” गर्ने मुल उद्देश्यले आयोजना गरिएको “जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९”को आयोजक टोली थाईलैण्डको बैंकक प्रस्तान गरेको छ । केही सहभागीहरु पनि टोलीमा समावेश भएर हिडेका छन्, अवार्ड कार्यक्रम भने साउन २३ गते अर्थात् २०१९ अगस्ट ८ तरिखको दिन हुने भएको छ ।

नेपाली चलचित्र, तामाड चलचित्र, तामाड सेलो, उत्कृष्ट राष्ट्रिय गीत, लोकगीत, पप, दोहोरी, आधुनिक गीत, कोरियोग्राफी लगायतका विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । सम्बन्धित क्षेत्रका विज्ञहरु जुरीको रुपमा रहेको उक्त अवार्डमा विभिन्न विधाबाट छानिएर आएका उत्कृष्ट पाँचलाई प्रत्यक्ष तर्फबाट ४० अंक, जुरीका तर्फबाट ४० अंक र सामाजिक सञ्जालबाट २० अंक गरी कूल १०० अंक प्रदान गरि उत्कृष्ट चयनको व्यवस्था मिलाइएको पनि आयोजकले बताएको छ । अवार्डको लागि ५६ विधामा ३०० भन्दा बढीले आवेदन बुझाएका थिए, प्राप्त आवेदकहरुलाई निर्णायक मण्डलको निर्णयअनुसार गत साउन ४ गते चलचित्र विकास बोर्डको हलमा नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएका थिए ।

कलाकारहरुलाई हौसला प्रोत्साहन गर्ने, नेपाली गीतसंगीत कलालाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने उद्देश्यले यो अवार्ड कार्यक्रम गर्न लागेको जम्बुलिङ फिल्मस प्रा.लि.का प्रवन्ध निर्देशक राजकिङ वाईवाले बताउनुभयो । कला र गलाको उच्च मुल्याङ्कन र कदर गर्दै थप उर्जा प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागेको अवार्ड कार्यक्रमको तयारीको ९० प्रतिशतको काम सकिएको र अब अवार्ड वितरण कार्यक्रम गर्न थाइलैंण्डतर्फ प्रस्थान गर्दै गरेको कुरा उहाँले बताउनुभयो ।

विभिन्न ५६ विधामा अवार्ड प्रदान गरिने यस “जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९” वितरण समारोहमा विगत तीन दशकदेखि नेपाल तामाङ घेदुङ र जजातिमहासंघमा स्वयम्सेवक भएर लागिपरेका, म्हेन्दोमाया समाजका संस्थापक अध्यक्ष तथा वर्तमान तामाङ वाईबा समाजका अध्यक्ष श्री बिगेन्द्र वाईबा तामाङलाई रु. ११,१११।– (अक्षरुपी एघार हजार एकसय एघारा) नगद धनरासी सहित “लाइफटाईम एचिभमेण्ट अवार्ड” प्रदान गरिने तयारी भएको समेत आयोजकका तर्फबाट जानकारी प्राप्त भएको छ ।






Related Posts
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा
  • ईनास कुवेतको वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

    नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई

    राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस