त्रिशूलीमा ट्रक खस्यो

नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । 

इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ । 

ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले जनाएको छ ।






Related Posts
  • चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान
  • मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना
  • ‘अख्तियारमा १५ ०० उजुरीको विस्तृत अनुसन्धान’
  • महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस